पत्रकार किशोरबारे अर्का पत्रकार किशोरले लेखे, ‘कम्बल ओढेर भए पनि …’

‘साह्रै जाडो क्या,
पत्रकारको ड्युटी,
कम्बल ओढेर भए पनि लेख्नै पर्ने ।
मैसँग नाम मिल्ने !’

नामजस्तै पत्रकारितामा सधैं ‘किशोर’ नै रहेका बरिष्ठ पत्रकार किशोर नेपालको निकै सिम्बोलिक फोटोसहित माथिका हरफ राखेर अर्का बरिष्ठ पत्रकार किशोर श्रेष्ठले फेसबुक पोस्ट गरेका छन् ।

पत्रकारिता र समयको सम्बन्ध झल्काउने यो पोष्टमाथि गिरिजा अधिकारीको कमेन्ट छ, ‘प्रेरणादायी ।’ भेषराज कोइरालाले लेखेका छन्, ‘फोटो अफ द इयर ।’ सुरेश आचार्यले चाहिँ ‘बूढीबालाई हिटर चाहिएछ !’ भनेका छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button