पुरस्कार/पदक नलिने पत्रकार

पुरस्कार/पदक नलिने मेरो संकल्प निरन्तर छ

राजकुमार रेग्मी

तीन दशक भन्दा अघि मैले संकल्प गरें- म पुरस्कार, पदक, अभिनन्दन केही पनि लिन्नँ । त्यसपछि आजसम्म कुनै पनि पुरस्कार, अभिनन्दन, पदक लिएको छुइन ।

मेरो पत्रकारिता जीवनको तीन+ दशकमा पुरस्कार, अभिनन्दन, पदक नलिँदा कतिपय संस्था तथा इष्टमित्र रिसाउनु भयो तैपनि मैले लिइनँ । यधपी पुरस्कार, अभिनन्दन, पदक आदि नराम्रो होइन । म लिन्नँ, त्यो मेरो व्यक्तिगत छनोट हो ।

मलाई सत्यमोहन जोशी शताब्दी पदक दिने घोषणा त्रिमूर्ति निकेतनले गरेको छ । संस्थाका स्वंयसेवकहरु, खासगरी नइ दम्पतीप्रति आभारी छु । तर, क्षमा गर्नुहोला, पुरस्कार पदक नलिने मेरो संकल्प निरन्तर छ ।

मलाई दिइएको पदक लिन असमर्थता जाहेर गर्दै संस्था तथा नइ दम्पतीप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

(रेग्मीको फेसबुकबाट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button