जहाँ क, ख सिके, त्यहीँ पुरस्कृत हुँदा पत्रकार कालोटोपीको भुँईमा खुट्टा छैन

पत्रकार ज्ञानमणि नेपाल कालोटोपी अर्जुन-राधा-विन्धवासिनी पत्रकारिता पुरस्कार ०७७ बाट सम्मानित भएका छन् । झन्डै २ दशकदेखि पत्रकारितामा कृयाशील कालोटोपीलाई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–१० स्थित श्री विन्धवासिनी माविको ४३ औं वार्षिकउत्सवको अवसरमा अर्जुन–राधा फाउण्डेशनले सम्मान गरेको हो । फाउण्डेशनले कालोटोपीलाई नगद ५ हजार रुपियाँ र सम्मानपत्रसहित सम्मान गरेको हो ।

विहिबार आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष सुमन नेपाल, संस्थापक शिक्षक अर्जुनबहादुर नेपाल र मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवालगायतले सम्मान गरेका हुन् । आफूले क, ख सिकेको प्यारो विद्यालयमा पुरस्कार थाप्दा खुशीले फुरुङ्ग कालोटोपीले फेसबुकमा लेखेका छन्, ‘यो दिन मेरो पत्रकारिता इतिहासमा उल्लेख्य रहने छ । सबैसामु यो खुशी साट्न पाउँदा भुँईमा खुट्टा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button