टिकटक

कविता

सुशील नेपाल

टिकटकले
कहिले मन शान्त बनाउँछ
कहिले आँखाको पानीलाई बगाउँछ
कहिले जीवनको कथालाई बगाउँछ
कहिले ज्ञानको भण्डारलाई सजाउँछ
कहिले मनलाई विचलित बनाउँछ ।

टिकटकमा
कोही बालबलिकाको सहारामा आफूलाई भाइरल बनाउँछन्
कोही देशको समस्यालाई केलाउँछन्
कोही आफू एक्लो हुँदाको पिडा सुनाउँछन् ।

टिकटक
सुन्ने सहारा होला, धेरैको दुख भुलाउला
कसैको परिवारमा कलहको बीउ पनि बनाउला ।

टिकटकमा
केहि गरौं मनको बोझ हटाउनलाई
साना बालबालिका प्रयोग नगरौँ है भाइरल हुनलाई ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button