भाइरल भयो पत्रकार ठाकुरको प्रश्न

नेपालनाम्चा संवाददाता / काठमाडौं

पत्रकार ठाकुर बेल्बासे । तर, उनी कवि त्यसअघि नै थिए । त्यसैले उनका प्रश्नहरु कविताजस्तै चोटिला हुन्छन् र प्रश्नमै प्रतिपश्न पनि । उनका अन्तर्वार्ता स्वयम उनको अभिव्यक्ति जस्तो पनि । उनले भखैरै एउटा टेलिभिजनमा गरेको टेलिफोन अन्तर्वार्ताको १ मिनेट ५ सेकन्डको क्लिप पछिल्लो केही घन्टामा भाइरल भएको छ । राजेन्द्र गौतम, नेता, नेकपा (ओली पक्ष) भनेर टेलिभिजन स्क्रिनमा परिचय खुलाइएको अतिथीलाई उनले चुईंक्कै गर्न नसक्ने गरी यस्तो प्रश्नरुपी झटारो हानेका छन्, हेर्ने सुन्ने नै चकित हुन्छन् ।

क्लिपको टेपउतार यस्तो छ–

ठाकुरः माननीय ज्यु, माफ गर्नुहोला । यस्ता … यस्ता … यस्ता काइते तर्क अबदेखि नदिनु होला है ।

राजेन्द्रः हजुर !

ठाकुरः यो अति भइसक्यो । ३ दशक तपाईहरु जस्ता नेताको यस्तै भाषणले यो देश यो ठाउँमा पुग्या’ छ ।

राजेन्द्रः लोकतन्त्रमा चुनावमा जाने कुरा काइते तर्क होइन ।

ठाकुरः चुनाव कुन बेलामा गर्ने तपाईंले संविधानमा लेख्नु भा छैन ?

राजेन्द्रः हैन ।

ठाकुरः तपाईंको सनकका भरमा चुनाव हुन्छ माननीय ज्यु ?

राजेन्द्रः हैन, चुनावमा जाने कुरा ?

ठाकुरः नागरिकलाई अझै पनि लठ्याब्रा सम्झने तपाईंहरु ?

राजेन्द्रः राजनीतिक स्थिरता, स्थायित्व …

ठाकुरः तपाईंले राजधानीमा बिताएको जीवन । तपाईका संखुवासभाका मतदाताले कसरी बिताइरहेका छन् ? सम्झिनु हुन्छ ?

राजेन्द्रः चुनावमा जाने मेरो कुनै रहर होइन । मध्यावधिमा जाने न मेरो रहर हो, न नेकपाको रहर हो । न प्रधानमन्त्रीजीको रहर हो ।

ठाकुरः नागरिकको रहर थियो । जनता भन्नु हुन्छ नि तपाईंहरु । जनताको रहर थियो ?

राजेन्द्रः न जनताको रहर थियो न …

ठाकुरः अनि … कसको रहर थियो ? दिल्लीको रहर थियो ? बेइजीङको रहर थियो ? अथवा युरोपियन युनियन अथवा अमेरिकाको रहर थियो ? रहर कसको थियो ? भन्दिनुस् त ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button