प्रथम अन्तरिक्ष यात्री युरीलाई देखेँ, लेखेँ र उनकैजस्तो ज्याकेट लगाएँ

प्रकाशप्रसाद उपाध्याय

सोभियत संघका युरी गागारिन अन्तरिक्षको यात्रा गर्ने र पृथ्वीमा सकुशल अवतरण गर्ने विश्वका प्रथम अन्तरिक्ष यात्री थिए । त्यो यात्राको केही समयपछि उनी भारत यात्रामा आएका थिए । विश्वका प्रथम अन्तरिक्ष यात्रीको सम्मानमा दिल्ली विश्वविद्यालयले विशेष दीक्षान्त समारोहको आयोजना गरेको थियो । दिल्ली विश्वविद्यालयको छात्रको रुपमा मलाई पनि समारोहमा उपस्थित हुने अवसर प्राप्त भयो ।

भारत यात्रामा रहेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त यात्रीको सम्मानमा आयोजित अभिवादन कार्यक्रममा सहभागी भएको हुँदा मैले एउटा रिपोर्ट तयार पारें । ती दिनहरुमा दिल्लीबाट प्रकाशित हुने ‘सोभियत भूमि’ पत्रिकाको नेपाली अङ्कका लागि रिपोर्ट प्रकाशनार्थ पठाएँ । लेख प्रकाशित भएको पाउँदा छात्रावस्थाको एक युवालाई कतिको हर्ष भयो होला, युवा पाठकहरुले सहजै अनुमान लगाउन सक्नुहुन्छ ।

Ad

ती दिनहरुमा ‘सोभियत भूमि’ को नेपाली अङ्कका प्राविधिक सम्पादकमा आसामका शिवप्रसाद उपाध्याय र अनुवादकका रुपमा काठमाडौंका अरविन्द रिमाल हुनुहुन्थ्यो । मेरो खुशीले त त्यतिबेला आकाशको उँचाई नै पायो, जब लेखको पारिश्रमिक थाप्न जाँदा पारिश्रमिकको राशि आफ्नो मासिक तलबभन्दा बढी देखियो । पारिश्रमिकको उक्त राशिबाट यूरी गागारिनले समारोहमा लगाएसरहको एउटा ऊनी ज्याकेट र त्योसित मिल्ने एउटा पाइन्ट बनाएँ ।

‘सोभियत भूमि’ मा प्रकाशित लेखले मलाई कलम चलाउन प्रोत्साहित पनि ग-यो । ‘सोभियत भूमि’ मा सोभियत सङ्घसम्बन्धी लेखहरु मात्र छापिने हुँदा त्यसका लागि नियमित रुपमा लेखादि दिन नसके पनि यूरी गागारिनका सम्बन्धमा छापिएको लेखले मलाई प्रोत्साहित गरेको अनुभव भएर आयो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button