फुर्सद हुनेबित्तिकै नेपालनाम्चा हेर्ने बानी परिसक्यो

गीता खनाल
भक्तपुर १, सृजनानगर ।

एउटा नयाँ नाम ‘नेपालनाम्चा ।’

तीन महिनाअगाडि सामाजिक संजालको नोटिफिकेसनमा एउटा नयाँ नाम देखियो, ‘नेपालनाम्चा ।’ नाम निकै मन पर्यो । शाब्दिक अर्थमा नेपालनाम्चा अर्थात नेपालडायरी । यो अनलाइन पत्रिका रहेछ । सुरुमा त साहित्यिक पत्रिकाजस्तो लाग्यो, कविता, मुक्तक र लघुकथाहरु देखिए । भर्खरै साहित्यिक क्षेत्रमा बामे सरिरहेकाहरु, स्थापित हुनथालेका साहित्यकारहरु दुवैलाई स्थान दिइएको रहेछ ।

आजकाल कलम चलाउन चाहना गर्नेहरुलाई कहिँ कतै आफ्ना सिर्जनाहरू प्रकाशनका लागि अनुरोध गर्दा प्रकाशकहरु नै चिनेको हुनुपर्ने जस्तो कठिन परिस्थितिमा यस पत्रिकाले जुनसुकै उमेर समूहलाई समेटेर लेखनमा रुचि हुनेलाई स्थान दिएकोमा सम्पादक ज्युप्रति आभार व्यक्त गर्न चाहन्छु । केही समय यसको पाठक बनेपछि मैले पनि आफ्नो सृजना पठाएकी थिएँ । स्थान पाएकोमा खुशी लाग्यो । आफ्ना सृजनाले स्थान पाएकाले मात्र हैन, साहित्यमा रुचि राख्ने र बिस्तारै लेख्नका लागि कोसिस गरिरहेकाहरुलाई महत्वसाथ स्थान दिएकोमा झनै खुशी लाग्यो नेपालनाम्चासँग ।

स-साना भाइबहिनीहरुलाई पनि स्थान दिएर प्रोत्साहित गरेको छ यो पत्रिकाले । त्यस्तै अनुभवी र बुज्रुक पुस्ताहरुलाई समेत समेटेको छ । कथा, कविता मात्र हैन, अनुभव र अनुभूति पनि पढ्न पाइन्छ यसमा । सुन्दर बन्न चाहनेहरुका लागि सौन्दर्यसम्बन्धी जानकारी पनि छ नेपालनाम्चामा । आध्यात्मिकतालाई पनि स्थान दिएको छ । दिनफल हेरेर आफ्नो दिनको सुरुवात गर्न सकिने अवसर पनि प्राप्त छ नेपालनाम्चामा ।

नाम नै काफी छैन र ? नेपालको डायरी नेपालनाम्चा । सबै क्षेत्रलाई समेटेर अङ्ग्रेजी र नेपाली भाषा दुवैलाई स्थान दिने यो पत्रिका साहित्यिमा कलम चलाउन खोज्नेहरुका लागि उपयुक्त स्थान बन्नेछ । आशा छ, यो पत्रिकाले भविष्यमा अझै स्तरीयता, लोकप्रियता र व्यापकता ल्याउनेछ र साहित्यिक मन्थनको एउटा कोसेढुंगा बन्नेछ ।

कामको दौरानमा केही समय फुर्सद हुनेबित्तिकै नेपालनाम्चा खोलेर हेर्ने बानी परिसक्यो । भविष्यमा अझै परिस्कृत र स्तरीय बन्दै जाओस् यो पत्रिका । म र मजस्ता कैयौं पाठक र लेखनमा रुची भएकाहरुको एउटा छुट्टै प्लेटफर्म बन्न सकोस नेपालनाम्चा । शुभकामना धेरै धेरै ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button