शेयरः परे आइपिओ, परे पनि नपरे पनि केवलकारमा चौथाई छुट
एकातिर आइपिओ पर्ने त छँदैछ । पर्ने र नपर्ने दुवैलाई अर्को अफर पनि छ, आइपिओ भर्ने सबैलाई केवलकार चढ्दा २५ प्रतिशत छुट । चन्द्रागिरि हिल्स्ले ल्याएको केवलकार चढ्दा २५ प्रतिशत छुटकोे आकर्षक अफरले कोरानोको प्रभावस्वरुप घटेको केवलकार पेसेन्जर संख्यामा पनि वृद्धि हुनलाई मद्धत गर्ने शेयर बजार जानकार अन्जन सिलवालले बताए ।
कम्पनीले स्थानीयमात्र होइन, सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा समेत यो अफर दिएको हो । छुट सुविधा लिन आवेदकले टिकट काउन्टरमा सेयर भर्दाको कुनै न एक प्रमाण देखाउनुपर्नेछ । यो छुट अर्को बर्षको माघ ५ गतेसम्म रहनेछ । केवलकारमा आतेजाते प्रतिव्यक्ति ७ सय रुपैयाँ टिकट खर्च लाग्छ ।