दुप्चेश्वरमा त्रिपक्षीय समझदारी

नेपालनानाम्चा सम्वाददाता / नुवाकोट

दुप्चेश्वर गाउँपालिका नुवाकोट, एभरेष्ट बैंक लिमिटेड दुप्चेश्वर शाखा र उद्योग बाणिज्य संघ नुवाकोटबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ, बैंकका नायब महाप्रबन्धक डा. सन्धिरकुमार र बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले त्रिपक्षीय हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्य, लेखा अधिकृत सर्बदा पन्डितलगायत सरोकारवाला उपस्थिति थिए ।


कार्यक्रममा पालिका अध्यक्ष तामाङले पालिका क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने बताए । उनले यस कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । बैंकका नायब महाप्रबन्धक डा. सन्धिरले सहुलियतपूर्ण कर्जा ग्रामीण भेगका नागरिकसम्म पहुँच होस भन्ने उद्देश्य रहेकाले कार्यन्वनयमा चुनौती भएता पनि पालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष आचार्यले कोभिडको कारण देश तथा विदेशमा रोजगारी गुमाउनुपरेको नागरिकहरुलाई बिशेष प्राथमिकतामा राखेर रोजगारको सुनिश्चितताको लागि सम्झौताले महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button