
अनुकरणीय अनुराधा ७२ बर्षमा स्कुटर सिक्दै
कमला पन्थी
२ वर्षपछि अनुराधा कोइराला दिज्युसँग भेट भयो । उहाँसँगको भेटघाटले मलाई थप उर्जा मिलेको छ । हिसाब गरेको, उहाँ अहिले झन्डै ७२ वर्षको हुनुभएछ । कुरैकुरामा थाहा भयो, अहिले उहाँ साइकल सिक्दै हुनुहुँदोरहेछ ।
‘किन ?’
स्कुटी चलाएर काममा हिड्न सजिलो हुन्छ भनेर रे । म अचम्मित भएँ र झस्किएँ पनि । म र मलगायतका साथीभाईको उमेर उहाँको भन्दा झन्डै आधाले कम होला । केहि गर्नुपर्यो भन्ने अब उमेर भइसक्यो भनेर काम अगाडि बढाउनका लागि रोकिन्छौ । तर, उहाँलाई देखेर थाहा भयो कि हामी अल्छी रहेछौं । केहि नगर्नका लागि एक्सक्युज गरिरहेका रहेछौं भन्ने महसुस भयो ।
हुन त आजभन्दा २० बर्षअगाडि पनि उहाँको जागरलाई मैले नदेखेको होइन । त्यो समयमा पनि म राम्रैसँग झस्किएकी थिएँ । दिनभर गोष्ठीमा सकृय सहभागिता अझ मुख्य भुमिका निभाउनु भएको उहाँ रातभर बेचिएका चेलीको उद्धारमा खटिनुभयो । बिहान सबेरै दिल्लीको त्यो गर्मी समयमा माइती नेपालमा रहेका बालबालिकालाई लागि सपिङ गर्न भनेर सबैरै काजगस्थानबाट हिँड्नु भयो । एक हप्तासम्म उहाँको काम यस्तै नै रह्यो तर उहाँमा कत्ति पनि थकान देखिएन अझ अचम्मको कुरा त नाचगानमा पनि उहाँ सबैभन्दा अगाडि देखिनुहुन्थ्यो । सारा काम सकेर यस्तोमा पनि सकृय सहभागीता देखेर म जिल्ल परेकी थिएँ । हामी कार्यक्रममा सहभागी हुँदा नै थाकेका थियौँ । उहाँले यति काम सक्दा पनि थकान छैन । त्यो देखेर त्यो समयमा म उहाँसँग निकै नै प्रभावित भएकी थिएँ ।
फेरि त्यहि उर्जा देखेर प्रभावित भएँ । कास् ! मेरी आमामा पनि यो उर्जा भएको भए यो देश कस्तो हुन्थ्यो होला ? मेरो देशका आमाहरु रोएर हिँड्नु पर्दैनथ्यो होला । मेरो धर्तीमाता आज जसरी रोएकी छिन्, महिलामाथि हिँसा देखेर त्यसैगरी रूदै पर्दैनथ्यो होला । उहाँजस्ता लाखौं महिलाको यो देशमा जन्म हुनुु नै महिला सशक्तिकरण हो ।
अन्त्यमा पन्थीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, जब महिला आर्थिक, सामाजिक र राजनैतिक रूपमा सशक्त हुन्छन्, तबमात्रै हिँसाको प्रतिकार गर्न सक्छन् ।