पशुस्वास्थ्यकर्मी तथा फार्मेसी सञ्चालकको मार्मिक मनोवाद

शम्भु पौडेल

पशु आहारले पशुधनको स्वास्थ्य कायम राख्न, खाद्य प्रणालीलाई समर्थन गर्न, आर्थिक वृद्धि प्रवर्धन गर्न र कृषि अभ्यासको दीगोपन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ । नेपालको पशुपालन क्षेत्रमा पशु आहारको महत्व निकै महत्वपूर्ण रहेको छ, जसको प्रयोग परापूर्वकालदेखि चलिआएको र यसको उपलब्धता घरेलू रुपमा उत्पादित खाद्यवस्तुले लिएको अवस्था छ ।
पशुधनको लागि पोषण अन्तर्गत आहारले गाईवस्तुमा कुखुरा, हाँस, सुगुर र माछा जस्ता पशुहरुलाई स्वस्थ रुपमा बढ्ता र दुध, मासु, अण्डा, उच्च स्तरको उत्पादनको निमित पोषण आवश्यकता, बढीभन्दा बढी उत्पादनमा खेलेको भूमिका, स्वयम पशुवस्तुको खान पाउने अधिकार निम्ति खाद्य सुरक्षा र यसले राष्ट्रको अर्थ क्षेत्रमा खलेको भुमिका निमित्त पशु आहारको निम्न सिमा र अधिकार क्षेत्रमा यसको अध्ययन हुनु जरुरी छ ।

फिड सप्लिमेन्टहरु फस्फर, क्याल्सियम र ट्रेस खनिज मिश्रण हुन् जुन सुख्खा वा वर्षाको मौसममा पशुपन्छीलाई दिन सकिन्छ, जसले पशुपन्छीको शाररीक विकास र उत्पादनमा प्रत्यक्ष सरोकार राखेको हुन्छ । राम्रो पोषण नै राम्रो स्वास्थ्यको आधार हो । पशुपन्छीको सिधा सम्पर्क मानव स्वास्थ्यसँग जोडिएको यस अवस्थामा पशुपन्छीले प्रयोग गर्ने फिड सप्लिमेन्टमा भएका तत्व पूर्ण रुपमा उपलब्धता भएमा मात्र यसको फाइदा यससँग जोडिएका पक्षलाई हुनेछ । सामान्यतया फिड सप्लिमेन्टमा एन्टी अक्सिडेन्ट भिटामिन वि, भिटामिनका विभिन्न रुप क्याल्सियम कोन्ड्रोइटिन, कोलास्ट्रम क्रेनबेरी इन्डेलियन्स तत्वको उपब्धता भएको हुन्छ ।

नेपालमा उपलबध भएका फिड सप्लिमेन्ट प्रायभ भारतीय कम्पनी र तेस्रो मुलुकबाट आएको अवस्था छ भने स्वदेशमै निजी स्तरबाट अग्रजबाट उद्योगको रुपमा उत्पादन भएको अवस्था छ भने समग्ररुपमा राम्रो उपस्थिति बजारमा देखा परेको अवस्था छ । यसको सहयोगको लागि हामी खुद्रा व्यवसायी मित्रहरुले सहयोग गर्नुपर्ने वातावरण सिर्जना भएको छ ।
मौसम, भौगोलिक उत्पत्ति, उत्पादनहरुको मुल्यमा परेका प्रक्रियाहरु इत्यादी प्रभावलाई समायोजन गर्न अर्को चुनौति रहेको छ । पशु पोषण आवयकताहरु र फिडको पोषण मुल्यको राम्रो सूचकहरु निर्धारण गर्दै पशु पोषण विज्ञानको प्रारम्भिक उमेरमा प्रयोग गरिएका मापदण्डहरु कच्चा प्रोटिन, कच्चा बोसो, कच्चा फाइवरमा केन्द्रित हुँदै आजकल फिडको निर्माण पाचन योग्य एमिनो एसिड, खनिजहरुको जैविक उपलब्धता शुद्ध उर्जा आदिमा आधारित छ ।

पशुपोषणमा असर गर्ने तत्वको पहिचान हुनु जरुरी छ । अर्को पक्ष पशुपन्छीलाई जस्तो खुवाए पनि हुन्छ भन्ने भ्रमबाट जबसम्म हामी मुक्त हुन सकिँदैन तवसम्म यससँग सम्बन्धित विकृत र सुधार आउन गाह्रो हुने मेरो निजी धारणा हो । पशुपन्छीको बाँच्न पाउने अधिकार, स्वास्थ्य अनि उत्पादनसँग सम्बन्ध रहेको फिड सप्लिमेन्टमा विभिन्न समयमा अनुगमन र प्रयोगशाला परीक्षणमा देखिएको नतिजाले बजारमा राम्रो सन्देश प्रवाह गरेको छैन । फिड सप्लिमेन्टको आयात आवरणमा गडबड गर्ने छुट कसैलाई छैन । त्यससँग जोडिएर अर्थ, आर्थिक लाभ लिने जो कोहीलाई कारवाहीको घेराभित्र ल्याउनु प्रमुख चुनौति रहेको छ ।

म स्वयम् पशु स्वास्थ्यकर्मी (प्राविधिक) र फार्मेसी सञ्चालक भएको नाताले सजक रहनु पर्ने अवस्था रहेको छ, बजारका हल्ला हजारौ हुने गर्दछन्, त्यसको नकारात्मक सन्देशको हामी खुद्रा व्यवसाय गर्ने पससले बढी मारमा परेको अनुभू्ती मैले गरेको छु । मुख्यतया विभिन्न जिम्मेवार निकायबाट चयन भएका शब्द चयनमा मेृरो गहिरो मतभेद रहेको छ । हामी पानी र माटो बेच्ने व्यवसायको अपमानको ट्याग लिएर, कारोवार गरेको अवस्था छ । यस्तो अवस्थामा नेपालको पशुपन्छी पालनमा योगदान दिएका कृषकले हजुरहरु त पानी र माटो बेच्नुहुन्छ, औषधीको नाउँमा नाफा पनि ३००-४०० प्रतिशतसम्म हुन्छ रे, तपाइँहरुको कारोवार त कालो बजारी अन्तर्गत पर्छ भन्दै गर्दा, म मेरा पेसाको भविष्य अन्धकार देख्छु । मेरो सामाजिक मानसम्मान, व्यवसायको लगानीको सुरक्षा मैले देखेको छैन । यो धारणा मेरो व्यक्तिगत हो । थप बेलावखत आउने समाचारले मलाई दुखित बनाउँछ । जस्तै आयातकर्ता नै सुत्रधार, कमसल वस्तु वेचेर ३००-४०० प्रतिशतसम्म हुँदैन । लेबलिङ्ग, परीक्षणमा चलखेल, लुकाइन्छ रिपोर्ट, नाम चलेको यो उत्पादनमा यो तत्वको कमी, उसले यति कमायो, यसको समान यतिमा आउँछ अनेक, अनेक चियागफ र चिरहरण हरकत हुने गर्दछ । यसले व्यवसायमा निकै ठूलो प्रभाव पारेको अवस्था छ । व्यवसायको आचरण विपरित खुद्रा व्यवसायलाई प्रयोग गर्दै न्यून स्तरका समान विक्रि वितरण निम्ति प्रयोग गरी व्यवसाय मन्दीको नाउमा पशुपालन व्यवसायलाई धरासायी बनाउने कार्य शुरुवात भएको छ । यसलाई हामीले रोक्न जरुरी छ । यसर्थ हामी सम्पूर्ण व्यवसायी र यससम्बन्धी जिम्मेवार निकायले यसको बारेमा नीति बनाउनु जरुरी छ । जस्तै आयातकर्तासम्बन्धी कडा नियम, बजारमा उपलब्धता भएका फिड सप्लिमेन्ट दर्ता नभएको खण्डमा भित्र्याउने व्यापारीलाई कडा दण्डसजाय, म्याद गएका वस्तुको नष्ट गरेको प्रमाणपत्र आदि इत्यादीबारेमा सम्बोधन हुनु जरुरी रहेको अवस्था छ । बजारमा उपलब्ध भएका स्थापित ब्राण्डको नक्कल गर्नेलाई आयातमा रोक लगाउने कार्यमा यसमा सुधारको सम्भावना देखिन्छ ।

सामान्यतया, पशुपन्छीको दाना या फिड सप्लिमेन्टको नाममा या भनौ व्यापार गर्ने नाउँमा कृषकलाई हामी जस्तै व्यापारी या पशुउपचारको नाउमा जवरजस्त तवरबाट प्राविधिकहरुले पनि फिड सप्लिमेन्ट दिएको अवस्था रहेको छ । मानौं जुनसुकै पशुपन्छी विरामी हुँदा क्याल्सियम, जेल, मिनरल्स दिनै पर्छ भन्ने अवधारणा पनि रहेको छ । व्यापारको सिलसिलामा कुनै व्यवसायिक अगाडि बढे उसलाई चौतर्फी घेरा हाली असफल गराउने कार्यमा हामी अग्रसर भएको अवस्था छ । यसले सही बाटो निर्धारण गरेको छैन ।

अन्त्यमा, यी विचार, अभिव्यक्ति मेरा निजी धारणा हुन्, म एक सामान्य पशुस्वास्थ्यकर्मी र फार्मेसी सञ्चालन भएको नाताले, मेरो पेसा सम्मानित रहोस्, किसान रहे मेरो पेसा सुरक्षित रहन्छ, उनीहरु (कृषक)ले उच्च मूल्य दिँदै गर्दा उनीहरुका पशुपन्छीले खाने फिड सप्लिमेन्ट गुणस्तर होस् भन्ने मेरो धारणा हो भनी हामी खुद्रा व्यवसायलाई समान दिने व्यापारीले अवसरको रुपमा लिउँ, न कि आयस्रोतको रुपमा ।

जय किसान, जय पशुधन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button