
यो रङ्गमञ्चको खेल तिम्रो विचित्र
लक्ष्मी मैनाली पाठक
चन्चल मेरा ती बाल यौवनकाल
खिचेर सारा बनायौ यो हाल
चारै हातपाउ बनायौ निष्क्रिय
कमजोर बनाई सारा यि इन्द्रिय ।
तैपनि तिमी मग्न भै हेर्छौ
गिज्याएर मलाई उपहास गर्छौ
तिम्रै इसारामा ब्रह्माण्ड थर्काउँछौ
भन ए विधाता अझ कति सताउँछौ ।
यो लोकको तस्वीर खिचेर सारा
जगजगमा तिमी छौ सवारी खडा
बन्धक छु आज तिम्रै जेल भित्र
यो रङ्गमञ्चको खेल तिम्रो विचित्र ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)