ढुकुरलाई बैगुनी बनाउने त हामी मानिस नै रहेछौं

चरीचर्चाः कुर्ले ढुकुर

जय भण्डारी

मेरो माया साह्रै नै खुनी
बनको ढुकुरभन्दा नि बैगुनी ।

प्रेमी प्रेमीकाबीच एकले अर्कोलाई बुझ्न नसक्दा पोखिने बिरहका यी पक्तिहरु । आफ्नो जीवनमा पनि उहि निरिह ढुकुरले जस्तै जीवन पो गुजार्नु पर्ने हो कि भन्ने पिरलोमा उच्चारित हुने पंक्ति ।

कुर्ले ढुकुर खैरो रंग र आकारमा परेवा जत्रै देखिने एक चरा प्रजाति हो । यो नेपाललगायत एसियाका भारत, पाकिस्तान, दक्षिण चीनलगायत अन्य केही देशहरुमा पाइने गर्दछ । नेपालमा भने यो सहजै समुन्द्र सतहबाट १२० मी. देखि लगभग ३००० मी उचाईसम्म रैथानेका रुपमा बसोबास गर्दछ । यसले रुखका साना हाँगाका टुक्रा तथा झिँझाहरुबाट गुँड बनाउँछ । यसले गुँडमा पारिसकेको भए पनि यदि कसैले छोइदियो भने मात्र पनि फुलै गुँडमा छोडेर हिँडिदिने भएकोले बच्चा काड्ने काममा बढी जाखिमपूर्ण हुन्छ ।

ढुकुरलाई बैगुनी बनाउने त हामी मानिस नै रहेछौं नि त । उसको गुँड वा बासस्थानमा हानी पुर्याउने अनि फेरि उसैलाई बैगुनी भन्ने । तर ढुकुरलगायत कोही पनि वन्यजन्तु आफै बैगुनी हुँदैनन् । मानव आफै बैगुनी छ अनि अरुलाई बैगुनी देख्छ । याद रहोस्, बिनाकारण हामीले ढुकुरजस्ता निरिह प्राणीकोे बास त उजाड बनाई दिदै त छैनौं ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button