
के साँझ ६ बजेपछि कोरोना आउने हो ?
सुमित्रा श्रेष्ठ
ललितपुर
१२-१४ वर्षको बाबु अँध्यारो अनुहार लगाएर आयो अनि मेरो नजिक बस्यो । यसो हेरेँ, चिनेको त होइन । तर, केही भनुँ भनुँ गरेको महसुस भयो ।
पल्याकपुलुक गर्छ । फेरि मलाई हेर्छ । किन उसले यसो गर्दैछ ? आफूलाई नियालेँ । ठीक छ । ऊ अझ नजिक हुन खोजेजस्तो लाग्यो । र,सोधेँ, ‘बाबु ! ठीक छ नि ?’
‘हजुर त काउन्सिलिङ गर्नु हुन्छ रे मेरो सोहनले भनेको । मनको अप्ठ्याराहरुलाई बाहिर निकालिदिने गरिदिनु हुन्छ रे । टाइम छैन । पुलिस दाईं आइहाल्छ ६ बजेपछि । ५ मिनेटमा भनिदिनु न । के यो कोरोना ६ बजेअगाडि साँच्चै नआउने हो त ? कोरोना ६ बजेपछि आउने भएर हामीहरूलाई घर चाँडो जाउ भनेको हो ? अनि घरमा आमाले पनि ६ बजेपछि चोकमा नजाऊ, पुलिस आउँछ, कोरोना आउँछ भन्नुहुन्छ’, उसले हतार हतारमा भन्यो, ‘यो कोरोना के हो ६ बजेपछि मात्र आउने ? ल पुलिस बा आइहाल्यो नि । भोलि चाहिँ भनिदिनुस् ल । आमाले गाली गर्नुहुन्छ फेरि ६ बजेपछि आयो भनेर । वाइ वाइ मेम ।’
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)