
ताली: अध्यक्ष भएर सिन्को भाँचेको छैन
लघुकथा
अङ्कुर चन्द
कञ्चनपुर ।
गड्गडाहट ताली बज्यो । सभाको सर्वसम्मत समर्थनबाट ऊ पुन: समाजको अध्यक्षमा चयन भयो ।
अध्यक्ष भएर सिन्को भाँचेको छैन । भ्रष्ट्राचार, अनैतिक अनि समाज भाड्ने कार्यमा मात्र तल्लीन भयो । यस्ता अध्यक्षलाइ यसपाली तह लगाउनुपर्छ भन्ने समाजका अधिकांशमा विचार पलाएको थियो । यसको नेतृत्व अमनले गरिरहेको थियो ।
आज उही अमन सभाबाट सबैभन्दा योग्य, विकासप्रेमी,समाजलाई सही बाटोमा डोर्याउन उत्कृष्ट कार्य गर्नुभएका हाम्रा सर्वप्रिय अध्यक्ष पुनः सर्वसम्मत निर्वाचित हुनुभएकोमा सबैले तालीले सम्मान गर्न आव्हान गरिरहेको छ ।



