घरको कुरा सबै यहीं खोल्छु, रिस उठे मुखे किताबमै ओकल्छु !
समय बोल्दै
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा
आफैं तेस्तै छु-
‘बिस्कुट चेपेको’ धुनसंगै रिलमा हाल्छु
नातिनीको स्कूल भर्ना
उनान्सय जनामा ट्याग हान्छु
छेउको नातिलाई चिमट्दै
“जन्म दिनको गोलार्ध्दभरीको शुभकामना” लेख्छु
लाइक गन्दै कमेण्ट पढ्छु
आफु जान्ने-
उ ‘सङ्खुवासभा’ अनि
‘माइतिपछि पतिको घरको थर’
लेख्न नजान्ने भन्छु-
घरको कुरा सबै यहीं खोल्छु
रिस उठे मुखे किताबमै ओकल्छु!
छोरी तिन दिनकी,
महिना दिन्की,
तिन वर्षकी,
टिनमा चढी,
आफैं लेख्छु।
बिहे गर्न ढिलाई भो!
थर्टी सेभेन्थ् बर्थ डे सेलिब्रेसन
आफैं यहाँ हाल्छु,
ज्वाईं राजा-
“लोबरा डिभीवाला होस्” भन्छु!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)