
मलाई कस्ले कसरी चिन्छ ?
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा
दुनियाँ निकै-सौन्दर्य सुसज्जित छ
जस्लाई हामी धेरै पढेको,
थुप्रै प्रमाणपत्र भा’को भन्छौं नि
यो पनि रोग रहेछ-
जसरी ‘एक मात्र ठूलो नेता हुँ’
भन्ने मानिस-
धेरैको भाष्यमा
“बढी खराब” देखिन्छ!
समाजवादी मुलुकमा भन्छ-
दश पढेको
कमाउने भो!
पढिरहने समय छैन
होलिडे जान पाइदैन
भो धेरै पढिदैन!
मेरा विद्वान मित्र
एघार विधाका मास्टर्ससंगै
विध्यावारिधी छन्,
साँच्चै मिला-
“बिहे गर्न भ्याईंन” भन्छन्!
कसैले जनयुद्ध कण्ठ गर्ने,
कानून- “संविधानमा ख्वै?” भन्ने
सउदी जाउँ-
शरीर कफल्लो छ
पढाईका नाममा भासिउँ
टोफेल, आइएलटिस सक्तिन
काल गुहारूँ –
मर्न सकिंन!
उ ‘म मिलाप’ भन्छ
यत्तिको सुन्दर जिन्दगीमा,
साँच्चै भनुँ मिला-
मलाई कस्ले कसरी चिन्छ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



