
नाम मात्रको मान्छे देखेर तीन हात पर तर्केकी छु
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा
मैले धेरै केटाहरू देखेकी छु
रहरले तिनसँग लर्केकी छु
नजिक पुग्दा ठ्वास्स रक्सी गन्हाउने
खैनीको खुईले वाक् आउने
नाम मात्रको मान्छे देखेर
तीन हात पर तर्केकी छु ।
छ कोही ?
जस्को रगत मान्छेको होस्
रगतबाट वीर्य बहोस्
सहधर्मिणीलाई
स्वास्नी हैन, सहधर्मिणी मानोस्
छ कोही मनलाग्दो बोकेटा ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



