सबै परीक्षा स्थगन

त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय, केन्द्रीय परीक्षा सञ्चालन समितिले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।

कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । स्थिति सहज भएपछि परीक्षा सञ्चालन गरिने उसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button