
पत्रु खाना मुख्य हो नि रोग बढाउने, रोग किन्न हामी आफै पैसा सकाउने
गोमा गौतम
सरुवा त होइन तर रोग बढदै गयो
नेपाल मात्र होइन, यस्ले विश्व पनि खायो ।
थाहा पाए समयमा उपचार हुन्छ
ढिलो पत्ता लाग्यो भने रुने बनाउँछ ।
रोगलाई निम्तो दिने पनि हाम्रो नै हो काम
प्रदुषित वातावरण, असुन्तलित खाना ।
बाल्नु हुन्न प्लास्टिक त्यही बाल्छौँ हामी
घरको खाना इज्जत हुन्न,भनी खान्छौँ दामी ।
पत्रु खाना मुख्य हो नि रोग बढाउने
रोग किन्न हामी आफै पैसा सकाउने ।
रोकौँ है त आजैदेखि पत्रु खानालाई
घरको खाना राम्रो भन्छु म त सबजनालाई ।
विश्वबाल क्यान्सर दिवस परेकोले हिजोआज
प्रदुषित वातावरण यो रोगको ताज ।
जागरण जगाउ अब, सचेत हुनु पर्छ
नत्र सारा जगतलाई यस्ले मार पार्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)