बिनाऔषधि खानपान परिवर्तन गरेरै म कसरी रोगमुक्त भएँ ?

नयाँ जीवन

दुर्गा कार्की

चिकित्सा विज्ञानले धेरै रोगहरु निर्मूल पार्छ, रोगीलाई बचाउँछ तर कतिपय रोगहरु निको हुँदैन भनेर जीवनभर औषधि सेवन गर्नु पर्ने हुन्छ । मेरो जीवनको करिव ४० बर्ष रोगैरोगले दुख दियो । अनेकौं रोगमध्ये सुगर तथा प्रेसर रोग भने औषधिमै जीवन बिताउनु पर्ने अवस्था भयो ।

अचानक कसैबाट थाहा पाएँ, काठमाडौॅको मैतीदेवीमा बिनाऔषधी भान्सामै खानपान परिवर्तन गरेर धेरै रोग निको पार्ने डाक्टर हुनुहुन्छ, डा. दिलजान मन्सुर (कर्ट) । यो धर्तीमा कसैले नगरेको नौलो प्रविधिले उपचार गर्ने सोचले यी युवा डाक्टर हौसिएका रहेछन् । धेरैलाई सुगर प्रेसर निको भएको पनि थाहा पाएँ । र, म पनि पुगेँ २०७८ भदौ ८ गते मैतीदेवीस्थित डा. कर्टको एफडिएच क्लिनिकमा ।

डाक्टरको सल्लाह र सुझाव अनुसार म खानपान परिवर्तन गरी नौलो जीवनशैलीमा प्रवेश गरेँ । ३ महिना पूर्णरुपले अन्न निषेध गरी मांसाहार तथा दालतरकारीमा सीमित रहेँ । अब सुरु भयो १६–८ घण्टे जीवनशैली । लागेको थियो, सुगरको बिरामी १६ घन्टा भोको बस्न सक्तिनँ । तर दिनप्रतिन मेरो शरीरमा चामत्कारिक रुपले परिवर्तन आयो । सुगर र प्रेसर ठीक ठाउँमा आउन थाल्यो । उहाँलाई भेटेको दिनसम्म म ८ चक्की औषधि सेवन गर्थेँ । भेटेको भोलिपल्ट नै ५ चक्की हटाइयो । अब बिस्तारै बाँकी ३ चक्कीको मात्रा पनि घटाउँदै लगियो । ३ महिनामा सुगरको औषधि छुट्यो र प्रेसरको औषधिको मात्रा घटाउँदै लगियो र ५–६ महिनामा त्यो पनि हट्यो । अब ममा चमत्कार देखा पर्यो ।

डा. कर्टसँग दुर्गा

मेरो शरीर फूल झैँ चङ्गा भयो । ७५ केजी तौल ५८ मा झर्यो । मेरो तन मात्र हैन, मन पनि फुरुङ्ग भयो । मन हरपल रमाउन थाल्यो । गीतमा मन झुम्न थाल्यो । उमेर नै घटेको अनुभव गर्न थालेँ । शरीरमा यति ऊर्जा आयो कि स्कूलबाट उमेरले अवकास पाएकी म अझै काम गर्ने जोश पलायो । देख्ने सबै चकित भए । मेरो उमेर कसैले अनुमान लाउन नसक्ने भए । मानौं, मेरो २५ बर्ष उमेर घटेको छ । यो चमत्कार डा. कर्टबाट सम्भव भयो । अहिले २ वर्षदेखि म रोगमुक्त नयाँ जीवन बाँचिरहेकी छु ।

यो नयाँ जीवनको लागि भगवानसरह उही डा. कर्टलाई हृदयदेखि धन्यवाद तथा कोटी–कोटी नमन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button