
योगका आठ अंग: यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि
राधिका पन्त
योग शिक्षक
योग भनेको के हो ?
योगका विभिन्न परिभाषाहरु छन् । ती मध्ये केहि परिभाषाहरु यहाँहरु समक्ष राख्दै छु ।
योग भनेको साधना हो । अप्राप्तिलाई प्राप्ति गर्नु योग हो । पतंजलि ऋषिका परिभाषामा योग भनेको चित्तका वृत्तिलाई निरोध गर्नु योग हो । गणितिय भाषामा जोड्नुलाई योग भनिन्छ । युज् +ध (ञ) अ प्रत्येय योग बन्दछ । जीवात्मा+आत्मा = परमात्मा विराट तत्त्वपरमात्मा र अणु अंश आत्मा भएकोले जीवात्मा आत्मा र परमात्माको मेल नै योग हो । जहाँ भेद छैन, त्यो अभेद्ध नै योग हो । कर्ममाकुशलता तथा कलाशैली सिकाउने विधा नै योग हो । योग एउटा ज्योति पनि हो । जसका साधनाले मनलाई आनन्दित गराउँदछ । एक पटक जगाएपछि अग्नी झैँ जागा भईरहन्छ । मन पवित्र पार्दछ । मनबाट विचारहरु जन्मन्छ र त्यो जन्मेको विचार पनि पवित्र हुन्छ । पवित्र विचारबाट अपवित्र कार्य हुन सक्दैन ।
योगका आठ अङ्गहरु हुन्छन् ।
योगाङ्गानुष्ठानादशुद्धिक्षये ज्ञानदीप्तिराविवेक ख्याते:
योगका आठ अङ्गको अनुष्ठानले क्लेशरुपी शरीर तथाअन्त:करणको अशुद्धि हट्दछ । त्यसपछि ज्ञानको प्रदीप्त हुन्छ र यसको अन्तिमसिमा हो विवेक ख्याति । योगको आठ अङ्गहरु मध्ये यम, नियम, आशन वहिरंग योग हो । यसले मानिसको बाहिरी वातावरण संगप्रतक्ष प्रभाव पार्दछ । व्यक्तिको खान पान रहनसरन व्यवहारमा प्रभाव पार्ने भएकोले अनुशासन, दायित्व र जिम्मेवारीपूर्ण कार्य गर्नसक्ने बनाउँदछ ।
धारणा, ध्यान र समाधी अन्तरङ्ग योग हो । व्यक्तिको बाहिरी आचरण शुद्ध गरिसके पछि सामजिक सामान्जस्यता कायम गर्न अरु आठै अङ्गको आवश्यक पर्दछ । जसले गर्दा प्राणायामद्वारा भित्र पवित्रता आत्मा शुद्धता कायम गर्न मद्धत गर्दछ ।
यसलाई एकै लाइनमा राख्दा यमनियमासन प्रणायाम प्रत्याहार धारणा ध्यान समाधयो sष्टावङ्गानि भनिन्छ ।
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि यी योगका आठ अंगहरु हुन् ।
१• यम: अहिंसा, सत्यस्तेय ब्रह्मचार्या परिग्रह यम
अर्थ: हिंसा नगर्नु,सत्य बोल्नु, चोरी नगर्नु ,ब्रह्मको आचरणमा रहनु, अनावश्यक सामग्रीहरु नराख्नु यम हो । यो हाम्रो बाहिरी व्यवहारमा देखिने कुरा हो ।
२• नियम: शौँच सन्तोषतप:स्वाध्यायेश्वरप्रणिधानानि नियम
अर्थ: बाह्य तथा आन्तरिक पवित्रता, सन्तोष, तपस्या, स्वाध्याय शास्त्रको वा शरीरको अध्यायन तथा ईश्वरमा समर्पित भावले शरणा गतिहुनु नियम हो ।

३• आसन: स्थिरसुखमासनम्
अर्थ: स्थिर भावले लामो समय सम्म सुखपूर्वक बस्नुको नाम आसन हो ।
४• प्राणायाम: तस्मिनसति श्वासप्रश्वासयोर्गति विच्छेद प्राणायाम
अर्थ: आसन सिद्धि भएपछि श्वास र प्रश्वास दुबैको गतिलाई रोक्नु प्राणायाम हो ।
५• प्रत्याहार: स्वविषयासम्प्रयोगे चित्तस्यस्वरुपानुकार इवेन्द्रियाणं प्रत्याहार
अर्थ: जहिले इन्द्रियहरुले आफ्नो आफ्नो वाह्य वृतिलाई छाडेर चित्तको स्वरुपकोझैँ अनुकरण गर्न थाल्छ त्यो स्थितिलाई प्रत्याहार भनिन्छ ।
६• धारणा: देशवन्धचित्तस्य धारणा
अर्थ: शरीरको माथिल्लो भागको कुनै स्थानमा वा कुनै एउटा चक्रमा मनलाई एकाग्रता बनाई राख्नु धारणा हो ।
७• ध्यान: तत्र प्रत्यायै कता नता ध्यान
अर्थ : धारणामा हामी जुन स्थानमा हुन्छौँ त्यहाँबाट मनलाई कतै भट्किन नदिई एकाग्रताका साथ सच्चिदान्द स्वरुपमा मग्न हुनु ध्यान हो । जसरी भर्याङ्गका खुट्किलाहरु क्रमैसँग चढेपछि घरको धूरीमा पुगिन्छ, त्यसरी नै अष्टाङ्ग योगका आठै अंग क्रमैसँग चढ्नु पर्दछ । एक्कासी कोरा व्यक्तिलाई ध्यानमा राख्नु भनेको दुर्घटना निम्त्याउनु जस्तै हो ।
८• समाधि: तदेवार्थ मात्र निर्भासं सबरुप शून्यमिव समाधि
अर्थ: जव ध्यानमा ईश्वरको स्वरुप वा स्वभावलाई प्रकाशित गर्ने खालको आफ्नो स्वरुपबाट शून्य जस्तो प्रतित हुन्छ तव त्यसलाई समाधि भनिन्छ ।
समाधि धेरै माथिको कुरा हो । व्यक्तिले जवसम्म वहिरंग योगबाट आफूलाई पूर्ण आत्मानुसाशीत गराई सकेपछि अन्तरंग योगमा छिर्न सक्दछ । अन्तरंग योगबाट पूर्ण लाभ लिईसकेपछि अन्तिम चरणमा पुग्नु वा पूर्ण शून्यतामा डुब्नु समाधि हो । अविध्या, अस्मिता, राग द्वेष र अविनिवेशबाट माथि उठिसकेको व्यक्तिले मात्र अन्तरङ्ग योगमा डुबुल्कि मार्न सक्दछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)