कहिले आमा त कहिले छोरी बनेर सिङ्गापुरको मज्जा लिएँ

संस्मरण

सरीता शर्मा ‘शैली’

आमाको सिङ्गापुर घुम्ने रहर पूरा गर्नु थियोे । अघिल्लो बर्ष Bangkok मा एक महिना बसेर, घुमेर आएपछि अब यसपटक सिङ्गापुर घुम्ने रहर लाग्यो रे । एक महिनाअघि मात्र ठुली छोरी अभिलाषालाई घुमाएकी थिएँ, अर्को महिना आमालाई लैजाने पालो आयो । कामको सिलसिलामा सहकर्मीहरुसँग जानु र परिवारसँग जानुमा अर्कै रमाइलो हुदोरहेछ ।

26 डिसेम्बर 2019 मा आमाछोरी लाग्यौं सिङ्गापुरतर्फ । सानो देश भएर पनि सिस्टम, सुन्दरता, सफाइ र प्रगतिले गर्दा कम समयमै विश्वमा उत्कृष्ट पहिचान बनाउन सफल देश सिङ्गापुरले मेरी आमालाई पनि चकित बनायो । जमिनभन्दा पाँच तला मुनि ओर्लेर मेट्रो रेल चढ्दा, युनिभर्शल स्टुडियो Santosha, Marina Bay Sands, Garden by the Bay, Vivo city, Mustafa centre घुम्दा आमा रमाउने र मैले फोटो खिच्ने क्रम चलिरह्यो । अलिकति हिड्ने बित्तिकै खुट्टा दुख्यो भन्ने आमाले त्यतिबेला दुखाइ भन्ने कुरा चट्टै बिर्सनुभयो । आमा र म उमेर बिर्सेर किशोरावस्था पुगेको अनुभव गर्दै थियौ ।

कहिले रमाउने अनि कहिले आश्चर्यचकित हुने क्रममा ट्रेन टिकट लिन मेसिनमा नोट छिराउँदा अलिकति मात्र कुच्चिएको नोट पनि फुत्त फिर्ता गर्दा अभिलाषा त छ्क्क परेकी थिइ भने आमाको त के कुरा !

नयाँ बर्ष सिङ्गापुरमा मनाउँदा निकै रमाइलो भयो । यसरी कहिले आमा बनेर अनि कहिले छोरी बनेर सिङ्गापुर घुम्नु र घुमाउनुको मज्जा मैले पनि लिएँ । अहिले पनि आमा कहिले कोभिड आतंक सामान्य होला र फेरि घुम्न जाने दिन आउला भन्दै कुरा गर्नु हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button