बालक्षेत्र नेपाल, सारा इकोलर्निङ र नेपालनाम्चाले विरुवा रोपे

विश्व वातावरण दिवस २०२१ को अवसरमा बाल क्षेत्र नेपाल, सारा इको लर्निङ र अनलाइन मिडिया ‘नेपालनाम्चा’ले संयुक्त रुपमा वृक्षारोपण गरे ।

काठमाडौंको साँखुस्थित बाल क्षेत्र नेपालको पयावरणीय गाउँ (इको–भिलेज)मा वृक्षारोपण गरिएको हो । कोइराला, कपुर, ओखर, तेजपत्ता, काँइयो, डाले घाँस, निमारालगायतका विरुवा रोपण गरिएको थियो ।

‘अक्सिजन, रुख र जीवनको सम्बन्धबारे सबैलाई थाहा छँदैछ । कोरोना महामारीपछि त्यसबारे हामी अझ बढी सचेत हुनुपर्छ भन्ने भएको छ’, बाल क्षेत्र नेपालका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले भने, ‘यही सन्देश दिन भौतिक दुरी कायम गरेर हामीले वृक्षारोपण गरेका हौं । यो खासमा सिम्बोलिक हो ।’

‘प्रकृति र मानिसको सम्बन्धलाई थप जीवन्त बनाउन अबको पत्रकारिता लाग्नु पर्छ’, नेपालनाम्चाका सम्पादक अशोक सिलवालले भने ‘प्रकृतिलाई स्वस्थ राखौं र आफु पनि स्वस्थ रहौं । यही पवित्रता यो वृक्षारोपणको सन्देश हो ।’

‘विरुवा रोप्दा प्रकृतिसँग जोडिएको अनुभव गरेँ’, कोइरालाको बिरुवा सारिसकेपछि सारा इको लर्निङकी प्रतिनिधी इशु बस्नेतले भनिन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button