
अलबिदा ! अन्तर्वार्ता ‘अकबर’
अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा निधन भएको बीबीसीले जनाएको छ ।
ल्यारी किङले आफ्नो छ दशकको व्यवसायीक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरूसहित ५० हजार बढी भन्दा अन्तरवार्ता लिएको समाचारमाध्यमहरुले उल्लेख गरेका छन् । किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी कार्यक्रम सञ्चालन गरेका थिए । आफू सधैं जवाफ सुन्नेँ, सधैँ सिक्ने र हरेक दिन सिक्दै राम्रो गर्ने गरेका कारण व्यवसायिक सफलता पाएको उनले बताएका थिए ।
सामाजिक सञ्जालमा उनकाबारे थुप्रै मानिसले सम्झिएका छन् ।
…
दुनियाँमा अब नयाँ ल्यारी किङको आवश्यकता छ । लोभ, मोह, ईर्ष्या र द्वेषबाट टाढा रहेका संचारकर्मीको ! आत्माको महाप्रस्थानको कामना !
भुपेन्द्र खड्का
…
बहुमुखी बुढाको बैकुण्ठ बास होस् ।
रमेश पौडेल
…
टेलिभिजन प्रस्तोताको रूपमा ५ दशक बिताउनु चानचुने कुरा होइन । प्रस्तोताका लागि प्रमुख तीन कुरा यस्तो हुनुपर्छ भन्ने उनको मान्यता थियो । १. जोश २. हाँस्यभाव ३. व्याख्या गर्ने क्षमता ।
मिलन विछोड
…
संचार किङ ल्यारी किङ । विगत ६३ वर्षदेखि अनवरत रेडियो, टेलिभिजन, डिजिटल माध्यममा सशक्त आवाज उनको उदाहरणीय संचारकर्मलाई सलाम ।
सविना कार्की
…
जीवनमा सात श्रीमती तर आठ पटक बिहे र डिभोर्स गरेका (अरू अफेयर्सको कुरो नगरौँ) सिएनएनका चर्चित पत्रकार ल्यारी किङको ८७ बर्षको उमेरमा निधन भएछ । बिहे सात पटक गरे पनि तेस्री श्रीमती अलिन अकिनसँग बिहे गरेर २(३ बर्ष बसेर चौथी तर पाँचौ नम्बरमा बिहे गरेकी श्रीमती मिकी सटफिनसँग बिहे गरीवरी उनीसँग पनि डिभोर्स गरेर फर्केर फेरी ३-४ बर्षपछि पहिल्यैकी तेस्री श्रीमती अकिनसँग पाँचौँ नम्बरको अर्थात दोहोर्याएर बिहे गरेका किङ सिएनएनका आईकोन विश्व चर्चित ल्यारी किङ शो का युनिक र बिषयमा अत्यन्तै केन्द्रित चर्को प्रस्तोता थिए । डेढ बर्षअघि पनि सबैभन्दा लामो समय २२ बर्ष आफुसँगै बिताएकी आफ्नै दुई छोराकी आमा ८ औँ बिहे गर्दा ७ औँ श्रीमती भएकी सावन साउथविकसँग पनि ८५ बर्षको उमेरमा २०१९ मा डिभोर्स गरेका थिए यिनले । आठौँ पटकसम्म बिहे गरेका किङका ४ छोरा १ छोरी थिए । पहिलेका श्रीमतीहरूका तर्फबाट जन्मेकामध्ये एकमात्र छोरीको क्यान्सरका कारण ५१ बर्षमा र जेठो छोराको ६५ बर्षको उमेरमा पोहोरताका निधन भएको थियो क्यार । पहिली श्रीमती फ्रेडा मिलर, दोश्री आनेट केई, तेस्री आनेट अकिन, चौथी मिकी सटफिन, पाँचौँ सारोन लेपोरे, छैठौँ जुली अलेक्जेंडर र सातौँ सावन साउथविक हुन् ।
व्यक्तिगत जीवनमा जे जस्तो उतारचढाव ब्यहोरेका भए पनि उत्कृष्ट टेलिभिजन पत्रकारिता पस्केका किङ्को निधनमा हार्दिक श्रद्धाञ्जली ।
स्मरणिय छ, मचाहीँ काठमाडौँको कलेज जीनमा ल्यारी किङ शो, बिबिसी हार्ड टक र डेभिड लेटरम्यानको शो नछुटाई हेर्थेँ । अहिले ती दिन पुराना भए पनि अष्ट्रेलियामा साउन मेकेलेफको म्याड याज हेल, चार्ली पिकरिङ, डेभिड हम्फ्रे, जुलिया जिमेरो, टम ग्लेशन, एडम हिल, हार्ड क्वीज, मेडिया वाच, ईन्साईट्स, दि प्रोजेक्ट, फोर कर्नर, ईन्साईडर, ल्याण्डलाईन, ग्राण्ड स्टाण्ड, नाइन टुडे, सेभेन सनराईज र एबिसी ब्रेकफास्ट शो हेरिन्छ । कति बन्द भए, पुरानो रेकर्डबाट हेरिन्छ तर धेरैचाँही अहिले पनि चलेका छन् ।
डा. भरतराज पौडेल