श्रीलंकाले सबै देशका लागि खोल्यो कोभिडले बन्द सीमा

श्रीलङ्काले कोभिड १९ का कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा खुला गरेको जनाएको छ । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।

यस अघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो । श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलङ्काली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलङ्काले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिए । उनले श्रीलङ्काको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलङ्काली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिए ।

तर, प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button