ब्रसेल्स: आकर्षणको केन्द्र मानके पिस

शेरबहादुर ढुङ्गाना
एण्टओर्प, बेल्जियम

ब्रसेल्स्को मुटुमा रहेको मानके पिस पशुपतिनाथ मन्दिर, ईफेल धरहरा, लिवर्टी अफ आमेरिका झैं यहाँको एक मुख्य पहिचान हो। हामी हुर्केको समाजमा यसरी पिसाब फेरेको देखाउनु कति ठीक होला पनि लाग्छ!

55.5 सेमी याने 21.9 ईन्च उचाईको यो सानो बालकले पिसाब फेरिरहेको सुविख्यात आकृति दुनियाँको आँखाको नानी हो।

“जेरोमी डुकुस्नोले सन् 1618 मा बनाएको यो कला स्थानीय र विदेशी पर्यटकहरूको रोजाईमा पर्दो रहेछ!” भन्ने यहाँको भीडले बतायो। एक पटक त म झण्डै छुटेको बाई! असनका गल्लि र त्यस्तै भीड तर यहाँ यूरोपमा अग्ला मान्छे बढी!

यसको महत्व भनेको “ब्रसेल्समाथि बज्रेको ठूलो बिपत्ति याने खसेको बमलाई एक बालकको यस्तै पिसावले बम फुस्स पारेको हो” भनिन्छ/ बिस्वासमा झुम्मिन्छ यो भिड!

हामी नेपालीहरूले यहाँ ईन्द्रचोक, भेडा सिं, असनका भिडभाड जतिखेरै मनमा राख्नु पर्ने रहेछ। जता जाने गल्लीतिर आँखा लाए पनि उत्तिकै भीड!

यहाँ सन् 1698 मा बनेका घर देख्दा हामी पुलकित भयौं। पुराना घर महल कति हुन् कति ? जताततै विशाल महल रहेछन्। असन ईन्द्रचोकको ठूलो रूप रहेछ यो ब्रसेल्सको मुख्य सहर!

धन्यवादको धोक्रो ज्वाईं राजा मिलनमा!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button