मुटु खाएको छ तिम्रो पनि मेरो पनि

गजल

युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत

केही हराएको छ तिम्रो पनि मेरो पनि
आँखा रसाएको छ तिम्रो पनि मेरो पनि ।

यी घाउहरु दुख्नकै लागि बनेका हुन्छन्
दु:ख पलाएको छ तिम्रो पनि मेरो पनि ।

औषधी खोजेरै आयु सकिन्छ जीवनको
मुटु खाएको छ तिम्रो पनि मेरो पनि ।

आफ्नै रहरहरुले घोचेर पीडा दियो
आँखा बिजाएको छ तिम्रो पनि मेरो पनि ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button