बाउ-आमाले आफ्नो नानीहरुको ‘पर्वरिश’ कस्तो गर्दैछ ?

समयको माग

लुईस भोटिया (सरु)
रुम्तेक, शिकारीटार, सिक्किम

किन्न
सक्ने बाबु–आमाले
महंगो महंगो मोबाइल
किनिदिए
देखाउनलाई हो ? या त छोरा–छोरीको ममताले हो ?
किन्न नसक्ने बाबु–आमाको
छोरा–छोरीले
सेकेन्ड ह्यान्ड
मोबाइल
खोज्दा पनि
पाउन गाह्रो भो
तर पनि
सबै नानीहरुको हातमा
मोबाइल देखियो
कति
नानीहरुले पढ्नकै निम्ति
मोबाइल किन्यो
कतिले
बाबु–आमाको सम्पत्ति उडाउनलाई किन्यो
तर …
किन्न चैं किन्यो
नानीहरु
पढ्दैछ या पढेको छैन ?
बाउ–आमालाई
अत्तोपत्तो छैन
त्यसैले
हिजोआज सुन्नमा
आएको छ
एउटा विद्यार्थी
अनलाइन पढाई होइन
अनलाइन गेममा
नशा लागेर
रिह्याब सेन्टर
पुर्याईएको छ
बाउ–आमाले आफ्नो
नानीहरुको
‘पर्वरिश’
कस्तो गर्दैछ ?
आफैले आफैलाई जाँच्ने
दिन
आएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button