जो सानैदेखि मृत्युको खतराबाट चिन्तित थिइन्

जीवनीः एमली डिकिन्सन

सुशीला शर्मा

एमली एलिजावेथ डिकिन्सन एक अमेरिकी कवि थिईन् । उनी अमेरिकी कविहरुमा महत्वपूर्ण व्यक्तित्वहरुमध्ये पर्दथिन् । डिकिन्सनको जन्म एम्हस्र्ट म्यासाच्युसेट्समा एक नामुद धार्मिक परिवारमा भएको थियो । एमली डिकिन्सनका बाबु एडवार्ड डिकिन्सन एक वकिल र एम्हस्र्ट कलेजका ट्रस्टी थिए । उनका हजुवुवा स्यामुअल डिकिन्सन एम्हस्र्ट कलेका संस्थापक मध्ये एक थिए ।

एमली डिकिन्सनका यिनीसहित एक बहिनी र एक भाई थिए । सबै तरहले एमली एक असल व्यवहार भएकी नारी थिईन् । उनका गुरुहरु यसै भन्थे । ईमिली डिकिन्सनलाई संगितमा गहिरो रुचि थियो । पियानो वादनमा त यिनी अब्बल नै थिईन् । डिकिन्सनका बुवा छोराछोरीहरको प्रगतिप्रति संवेदनशील थिए । तर यिनकी आमा भने त्यति सकारात्मक थिईनन् । उनको बाल्यकालको सातवर्षसम्म एम्हस्र्ट विद्यालयमा पढेपछि छोटो समय माउण्टहोलाक महिला सेमिनरीमा भाग लिईन् । एमली डिकिन्सनले अंग्रेजी र शास्त्रीय साहित्य, ल्याटिन, बोटानी, जियोलोजी, ईतिहास, मानसिक दर्शन शास्त्र र अर्थमेटिक पढिन् । डिकिन्सन पढाईमा तीक्ष्ण विद्यार्थी थिईन् ।

एमली एक शान्त खालकी कवि थिईन् । यिनी घरबाट बाहिर निस्किदैनथिन् । श्रोतहरुका अनुसार डिकिन्सनले आफ्नो जीवनको अधिकांस समय आईसोलेसनमा बिताईन् । डिकिन्सनले कहिल्यै विवाह गरिनन् । उनका थोरै मित्रहरु थिए र तीसँग पनि उनको धेरै कुराकानी पत्राचारमा नै निर्भर थियो । शुरु शुरुमा यिनले पनि परम्परागत ढर्राबाट कविता लेखिन् । तर पछि यिनले कवितालाई नयाँ रंग दिईन् ।

एमिली डिकिन्सन एक प्रतिभाशाली कवि थिईन् । उनको जीवनकालमा कोरिएका १८०० कविताहरु लेखकी थिईन् । उनका कयौं कविताहरुको काव्य नियम मिलाउनको लागि सम्पादन गरिएका थिए । उनका बेलाका कवितामा उनको लेखन शैली अद्धितिय थियो । उनका कविताहरु छोटा लाईनका, शीर्षक नभएका र बिराम चिन्हहरु प्रयोग गरिएका हुन्थे । उनका धेरै कविताहरु मृत्यु र अमरताका विषयबस्तुहरुसंग सम्बन्धित हुन्थे । उनका साथीहरुलाई लेखिएको पत्रहरुमा सौन्दर्यशास्त्र, समाज, प्रकृति र आध्यात्मिकताको उजागर गरिएको पाईन्थ्यो ।

जब सन् १८८६ मा डिकिन्सनको मृत्यु भयो डिकिन्सनकी कान्छी बहिनी लिभिनियाले उनको कविताको भण्डार पत्ता लगाईन् । बल्ल उनको काम सार्वजनिक भयो । डिकिन्सनको पहिलो कविता संग्रह सन् १८९० मा व्यक्तिगत रुपमा उनीसँग परिचितहरु थोमस बेन्टवर्थ हिगिन्सन र मेबेल लुमिस टोडद्धारा प्रकाशित भएको थियो । यद्यपि यी दुबैले भारी तवरले डिकिन्सनको लेखनको सम्पादन गरे । द न्यूयोर्क टाईम्सको सन् १९९८ मा प्रकाशित एक लेखका अनुसार डिकिन्सनको काममा गरिएका धेरै सम्पादनहरुमध्ये “सुसान” नाम प्रायः हटाईयो । डिकिन्सनको कम्तिमा एघार कविताहरु उनको भाउजू सुसान हन्टिङ्गटन गिल्वर्ट डिकिन्सनलाई समर्पित थियो । केही अध्येताहरुका अनुसार डिकिन्सन र उनकी मित्र सुसानबीच पनि रोमान्टिक सम्बन्ध थियो तर सबै समर्पणहरु टोडद्धारा मेटार्ईएका थिए । सन् १९५५मा विद्धान थोमस एच. जोनसनले “द पोम्स अफ ईमिली डिकिन्सन” प्रकाशित गर्दा उनको कविताको पूर्ण र प्रायः अपरिवर्तित संग्रह पहिलो पटक उपलब्ध भयो ।

डिकिन्सन सानैदेखि मृत्युको खतराबाट चिन्तित थिइन् । त्यसमाथि यिनका कजिन भाई, घनिष्ठ मित्र र आमाको समेत मृत्यु टाईफसबाट भएपछि यिनी आघातग्रस्त भएकी थिईन् । डिकिन्सन एमर्सनको रहस्यवादबाट प्रभावित भएकी थिईन् । यो अनुमान गरिएको छ कि उनको प्रेम उनको पिताको ईष्र्यालु र संदेही स्वभावको कारण असफल भएको थियो । जसको कारण यिनी बढी आत्मकेन्द्रित हुँदै गईन् । जन्मसंगै मृत्यु पनि आएको हुन्छ डिकिन्सनले आफ्नो प्रसिद्ध कविता “बिकज आइ कुड नट वेट फर डेथ” मा यही मृत्युको सत्यतालाई प्रस्तुत गरेकी छन् ।

उनका कवितामा प्रायः प्रकृति, जीवन, आईसोलेसन, सफलता, असफलता र मृत्यु विषय हुन्थे । भिक्टोरियनकालमा महिला साहित्यकारका निराशापूर्ण जीवनीमध्ये यी एमली एलिजावेथ डिकिन्सन पनि पर्दछिन् जसले आफ्ना सिर्जनालाई आफ्नो जीवनकालमै भरिसक्य उजागर गर्न पाईनन् तर मृत्युपश्चात भने चर्चित भईन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button