जिन्दगीको नर्क अनि स्वर्ग भेटियो आमा

रञ्जनाकुमारी दनुवार

जिन्दगीको कदमहरु रोकिएको छैन आमा
रोकिनु पनि कसरी ति आशिर्वादले थाति राखेका छन् ।

कसरी भन्नु आमा ति जिन्दगीका व्यथाहरु
जुन पुरा गर्न कैयो समय लाग्दो रैछ
कसरी बुझ्छौ आमा मभित्र गुम्सेका
अनि व्यक्त गर्न नसकेका भावनालाई ?

जिन्दगीको नर्क अनि स्वर्ग यहिँ भेटियो आमा
ति तिम्रा नयनमा टिल्पिलाएका आँसुले हरेक रात नर्कको आभास भएको
अनि ति तिम्रा मिठा हासोले जिन्दगी पूर्ण भएको ।

कसरी व्यक्त गरुँ आमा तिम्रो त्यो बलिदानलाई
सायद यी कलमले व्यक्त गर्न पनि सक्दैन होला ।

भाग्यमानी ठान्दछु आमा तिम्रो छोरी भई जन्मेकोमा
संसार जित्न त् नसकुँला
तर आमा तिम्रो दुखको ब्याज तिर्ने हैसियेत बनाउन सकुँ ।

सपना अनि रहरको डोरीमा झुलेको यो जिन्दगी अर्थपूर्ण बनाउने खोजीमा
कैयो खोला तर्नु पर्दो रैछ आमा आशिर्वाद दिनु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button