अस्टिनको बसाईमा घुमाई बार-बार, टेस्ला कारको सवार

चित्रबहादुर केसी तिमिल्सिना
९ जुलाई, २०२२ अस्टिनको, टैक्सास, यूएस

‘हिजो १०७ डिग्री गर्मी थियो ! आज अलि घटेको छ ! कति छ बाबु ?, मैले सोधें ?

‘अंकल ९७/९८ डिग्री रहेछ ! आज सनसेट हेर्न जाने कि ? कति मन पर्छ हजुरहरुलाई ?’

यो संवाद थियो हाम्रो टेस्ला कारका मालिक प्रायुश पोखरेल बाबुसंगको ! वर्तमान कति सजिलो भयो । बिज्ञानले आविष्कार गरेको जे सुकै जहाँ सुकै होस् एक कोठामा बसेर आद्योपान्त जान्न र बुझ्न सकिन्छ । हाम्रो छोरा ओशु बिक्रम क्षेत्रीका रूम पार्टनर साथीहरु- प्रायुश र अर्का विराज अर्यालले हामी बुढाबुढी लाई छोराले जस्तै सेवा गर्दै आएका छन् लागेको छ । हुनत अमेरिका वा विदेश हुने छोरा वा छोरी वा कोही कोहीले आफ्नो धर्म संस्कार नै नबिर्सेका भने होइनन् । बाबुलाई पशुपति नाथको दर्शन गर्न जाउँ …भनि लगेर त्यतै हुलमा छाडेर आफू अमेरिका तिर हानिएका एक छोराको पनि अलि पुरानो भयो जानकारी मेरो मानस पटलमा ताजा छ । प्रसंग मोडिएछ ! छोराका साथीले यति गरे भनेर यो साँगुरोमा पानामा वर्णन गरेर पुग्दैन । यी दुई बाबुहरु लाई समेत गाँसेर मेरा तीन छोरा कल्पना गरेको छु ।

यहाँ प्रायुश पोखरेल बाबुले ८० हजार डलर पर्ने एक ‘टेस्ला कार’ 772 EEN चलाउँछन् । उनले यसमा अरु विशेष किसिमको प्रबिधि जडान गरी थप सुबिधा युक्त कार बनाएका छन् । मेरो अनुभव- कुनै वेला स्टेरिड्०मा हात राखिएन भने पनि कारले आफ्नो ट्र्याक बद्लिंदैन ! कति मर्म बुझ्ने बनाएको होला त्यो मिश्त्री (बैज्ञानिक) ले यो कार ? कति अक्कल लगाएछ जस्तो लाग्छ ! चमत्कार सबै रिमोटको, कमाण्डिड्० कसरी कति गरेको होला ? ताजूब लाग्छ अचम्म लाग्छ ! अस्ती मात्रको कुरा हामी डाउन-टाउन घुम्न भनि गएको वेला फर्की आउँदा कार नेर पानीको भेल बगि रहेको थियो । कारभित्र पस्न असहजको स्थिति, जुत्ता भिज्ने आदि अवस्था । प्रायुशले त्यसै कारको की थिचेर ओभानो ठाउँ हामी भएनेरै ल्याए त्यो कार (?) फेरी यो खप्परमा अर्को कुरा खेल्यो । होइन रिमोट कति शक्तिशाली कस्तो बनाएको ? हाम्रो देशले यस्तो चमत्कारी निर्जीव प्रविधि निर्माण कहिले गर्ला ? जनताले कत्रो लगानी लगाई जिउँदो रिमोट पार्ट पूर्जाहरु निर्माण गरी देश हाँक्न तयार गरेको रिमोट जताततै बाट चिमोट भएको छ ! त्यो रिमोटले देश भड्खालोमा पार्ने पार्ट पुर्जाले नै बताएका छन् ! यस्ता कुरा संझेर प्रेसर बढाउनु बेकार हुन्छ । यो टेस्लाको रिमोट सोचे भन्दा धेरै बढी सक्षम छ हामी कार भित्र पसेर आनन्दले घरमा आएका थियौं ।

आज हामी घरबाट टेस्ला कारको GPS ले संकेत गरे अनुसार २२/२५ मिनटको ड्राइभमा Austin Tx को Oasis भन्ने स्थानमा (Sun set) अस्ताउँदो सूर्य दृष्यावलोकनमा जाने भयौं र ठीक साँझ ०६.३० बजे घर बाट चार जना- म, बुढी- पद्मावती के सी, ओशु र प्रायुश निस्कियौं । अति गर्मी- यो कुरा यहाँ लेखेको मात्र जस्तो लाग्छ, किनभने अनुभव यस्तो छ ! कोठामा बस्दा जाडो लागेर करिब २/२ घण्टामा १५ मिनट बरण्डामा निस्केकै हुन्छु घामको छाँया ज्वाला ताप्न ! राती सुत्दा ब्लांकेट छोड़नु परेकै छैन, टेस्ला भित्र भन्नै परेन । गन्तव्यमा पुगियो । त्यहाँ पुगेर दृष्य-अवलोकन कक्ष पुग्दा ३/४ मिनट जति अग्नी कुण्डमा प्रवेश गरे जस्तो लग्थ्यो । डाँडाको टिप्पो ५ तले टावर/ घरको ४ औं तलामा पुगेर एक कक्षमा बस्यौं । त्यो टावर / घर पुरै रेष्टूरेण्टले भरिभराउ थियो, भीड उत्तिकै । ओशु र प्रायुश एक रेष्टूराँमा नास्ता लिन पसे । सूर्यास्तको समय साँझ ०८.३० थियो । Colorado River (कोलोराडो नदी) किनारमा टाढा टाढा सम्म बोटिड्० गर्ने, विण्ड रिड्०को सहारामा पौडिने र पौडिवाजहरु कुदी रहेका देखिन्थे ! कुनै कुनै किनार तिर Sun bath (निवस्त्र पौडिनेहरु) पनि थिए । त्यो हामीलाई विजोगी लाग्ने पौडाईमा ध्यान गएन । निश्चित समय सम्म केही दृष्य छायांकन गरी रहंदा सूर्य लुक्यो ! तब मैले सूर्यको त्यो गति देखेर सानो रचना कोर्न मन लाग्यो जो यस प्रकारको छ !

—सूर्यको गति —

दिनमा थियो एकसय सात डिग्री, खपि नसक्नु ताप हो कति ?
उसैलाई समय बनाउँछ प्रभात र सन्ध्या, हेरौं न उसको गति !

को छ हो ठूलो मान्ने नभमा, जगतमा मानिन्छ सूर्य हो पति ?
सकेन थाम्न उसले आफ्नो छवि, रातमा भएकोछ कस्तो खति ?

सक्दैन कसैले समय बदल्न, बिज्ञानको पनि चल्दै चलेन हुति !
उदाउँछ जो नभमा फुर्ती गर्छ दिनमा, अस्ताई जान्छ सति !

कसरी दिन जस्तो मात्र हुन नसकि, बद्लियो सूर्यको मति ?
त्यस्तै जुनी हो मानवको पनि सम्झेर, नगर्नु कसैले अति !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button