‘व्युटीफुल’ वृटिस कोलम्बिया, ‘अग्ली’ हत्याकाण्ड

प्रतिभा सुवेदी

अमेरिकाको सियाटल शहरबाट पानी जाहाजको एकघन्टाको यात्रामा क्यानडाको बृटिस कोलम्बिया पुगिन्छ । पानी जाहाजको यात्रा पनि रमाइलो लाग्यो । सियाटलबाट क्यानडाको भ्यानकुभर जाँदा अर्की सहभागी पनि साथमा थिइन् । क्यानडाको एउटा प्रान्तको नाम किन वृटिश अनि कोलम्बिया भयो भन्ने ‘कौतुकहलता’ जाग्दछ । छलफलको क्रममा मा थाहा भयो, बृटिश शासनकालमा उनीहरुले वृटिश नाम दिए अनि त्यहाँको नदी कोलम्बिया हुँदा उक्त नाम राखिएको रहेछ । अग्ला चट्टानका पहाडहरु, सुरिला रुखहरु र समुन्द्रबाट घेरिएको हुँदा यो प्रान्त ज्यादै सुन्दर छ ।

समुन्द्रलाई नजिकबाट अनुभव गर्न नपाएको देशको नागरिक हुनाले समुन्द्री यात्रा अनौठो र रोमान्चक लाग्यो । समुन्द्रमा ह्वेलमाछा उफ्रेर पानीमाथि पनि देखिँदोरहेछ । यो दृश्य देख्न पाए हुनेथियो भनेर पानी जाहाजका यात्रुहरु कल्पिदा रहेछन् । यो दृश्य देखेमा भाग्योदय (गुडलक) हुने विश्वासमा सबै हेर्न भुतुक्क हुँदा रहेछन् । जतातिरबाट देखिन्छ, त्यतैतिर यात्रुहरु भुम्मिएर पानी जहाज नै कोल्टिने गरी समेत हेर्दा रहेछन् । नीलो पानीको सतह, त्यो पनि विशालरुपमा फैलिएको समुन्द्र । सतहमा पटक पटक ह्वेलमाछा उफ्रेको दृश्य साँच्चै सुन्दर हुँदोरहेछ । आँखाले भ्याएसम्म निलो समुन्द्र सतहलाई हेर्दा अन्तमा त आकाशमा छुन पुगेको जस्तो देखिने अलौकिक मनमोहक दृश्य मानसपटलमा ताजा छ । नेपालबाट उत्तरी ध्रुवको देश पुग्नपर्दाको हवाईयात्रामा खर्चेको लामो दुरी पार गर्न परेको थकान यो छोटो समुन्द्री यात्राले विर्सायो ।

यसरी भ्यानकुभर क्यानडाको वातावरणीय कार्यक्रम स्थलमा पुगियो । पृथ्वी बचाउ अभियानमा लागेका मानिसहरुसँग भेट भयो । हार्मोनी फाउन्डेसन नामक संस्थाले उपभोगवादी शैलीले विश्वमा ल्याएको वातावरणीय समस्यामा चेतना जागरण गर्दोरहेछ । सो कार्यक्रममा भाग लिन सन् १९९७ मा क्यानडाको वृटिस कोलम्बियाका भ्यानकुभर शहर पुगेँ । त्यो धेरै शिक्षाप्रद रह्यो ।

त्यो सहरमा हरेक गाडीको पछाडि नम्बर ल्पेटमा व्युटीफुल वृटिश कोलम्बिया लेखेको हुँदो रहेछ । प्राकृतिक सुन्दरतामा गर्व ।

त्यति सुन्दर देशमा एउटा निर्मम हत्याले भने हाम्रो देशलाई दाग लगाएको छ भन्दै पुरानो हत्याकाण्डको उदाहरण दिए । एक पुरुष विद्यार्थीले महिला र पुरुष भएको कक्षाकोठामा पुरुष विद्यार्थीहरुलाई बाहिर पठाएर महिला विद्यार्थी जतिलाई गोली हानी १४ जनाको एकैपटक हत्या गरेका थिए । मार्क लिपाईने नाम गरेका २५ वर्षकोे सनकी केटाले पुरुषको पेशा ठानिने ईन्जिनियर पेशा अध्ययन गरिरहेका महिलाहरुलाई मारेको थियो । सन् १९८९ डिसेम्बर ६ मा इन्जिनियरिंग विषय अध्ययन गर्दैगरेका महिलाहरुलाई कक्षा कोठामा गई निर्मम हत्या भएको विषय कसैले विर्सन सकेका छैनन् । ती चौध महिलाहको प्रतिविम्व धेरै कार्यालयहरुका भित्तामा आज पनि टाँगिएका छन् र हरेक वर्ष सम्झना गरिन्छन् ।

त्यो दर्दनाक घटनापछि क्यानेडियन पुरुषहरु महिला हिंसाविरुद्व संस्थागतरुपमा कार्यरत छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button