भैंसी आयो, छोरीहरु पढ्न गएनन्

प्रतिभा सुवेदी

महिला र पुरुषबीच चारित्रिक विशेषता, महिला र पुरुषबीच प्राकृतिक भिन्नता र सामाजिक भिन्नताका कारक तत्वहरू के–के हुन् ? तिनको विश्लेषण गरी व्यवहारमा कार्यान्वयन गर्न महत्ववपूर्ण छ । यसबाहेक विभिन्न स्रोत र सम्पत्तिमा महिलाको पहुँच र नियन्त्रण, श्रम विभाजनका कुरा उठाउँदछ । यी सबै क्षेत्रमा संवेदनशील नहुन्जेल महिला र विकासका कुरा भए पनि हुनुपर्ने सामाजिक र आर्थिक उत्थान हुन सक्दैन । महिलालाई विकासमा संलग्न गराउने विचार महिला र विकास अवधारणाले ल्यायो । महिला कल्याणकारी कार्यक्रमका उपभोक्ता मात्र बनाइए । हाल पनि महिला र विपन्नलाई कल्याणकारी कार्यक्रम आवश्यक छ, सँगसँगै विकासमा बाधक सोच र पितृसत्तात्मक संस्थामा चेतना–जागरणको पनि आवश्यकता छ ।

यी कल्याणकारी कार्यक्रमसँगै महिलाको हरेक पक्षमा प्रभाव पार्ने विषयहरूमा ध्यान दिएमा विकासमा महिला सहभागिता हुन्छ । त्यसकारण महिला र विकास मात्र नभई महिला–पुरुष समविकासको कुरा आवश्यक भएको हो । हुन त महिला विकासका कुरामा किन पुरुषसँग तुलना गर्नुपरेको होला ? महिला मुद्दाका कुरा उठाए पनि हुन्छ भन्ने भनाइ पनि सुनिन्छन् । तर समाज महिला र पुरुष दुवैको हो, तसर्थ महिला र पुरुषबीचको अन्तर्सम्बन्ध केलाउनु जरुरी छ । महिला विकासका कुरा समाजमा रहेका संस्था र विषयसँग सम्बन्धित छन् । ती समाजबाट महिलाहरूले पनि सुविधा पाउन महिला मात्रका कुरा गर्दा हुँदैन, तुलनात्मक रूपमा हेर्नुपर्दछ । तर महिला र पुरुषबीच श्रम विभाजन, आर्थिक अनि स्रोतको नियन्त्रणमा भेदभाव कायम रहिरहँदा महिला विकासको थालनी भएको तीसौं वर्षको प्रयासले पनि आम महिलाको जीवनस्तरमा अपेक्षित विकास हुन सकेन ।

एउटा ग्रामीण समुदायमा महिलाको आर्थिक–सामाजिक उन्नति गर्ने हिसाबमा भैंसीपालन कार्यक्रम गरियो । सामान्यतया भैंसीपालनपछि दूध बेचेर आम्दानी बढ्छ र परिवारका सबै केटाकेटी स्कुल जान्छन् भन्ने उद्देश्य राखिएको थियो । यसले परिवारमा दुई–चार पैसाको आम्दानी भयो पनि तर घरका छोरीहरू भने पढ्न नगएको पाइयो । किनभने भैंसीको रेखदेख, चरनमा पु¥याउने काम छोरीहरूले गर्नुप¥यो । आमाको काममा छोरीहरूले मद्धत गरे, त्यसैले विद्यालय जान पाएनन् । दूध बेच्न बजारमा घरका पुरुष गए । त्यो आम्दानी छोराहरूलाई सहरको विद्यालय पठाउन प्रयोग गरे । केही पैसा निजी खर्चमा प्रयोग गरे, केही दुरुपयोग पनि गरे । वास्तवमा त्यस परियोजनाबाट महिला र बालिकाको कार्यबोझ बढ्यो, आम्दानीको प्रतिफल उनीहरूसम्म पुगेन । कतिपय परियोजनाको त नकारात्मक प्रभाव पनि प¥यो । आम्दानीको चन्जापन्जा कसले गर्छ, कसले के काम गर्छ, परिवारमा कसको भूमिका कस्तो छ भन्ने विषयको जानकारी आवश्यक छ । श्रमको विभाजन र स्रोत व्यवस्थापनमा महिला र पुरुष भएकै कारण विभिन्न भूमिका छ । यस भूमिकालाई विश्लेषण गरे विकास कार्यक्रमलाई दुवै पक्षमा पु-याउन मद्धत पुग्छ ।

अर्को उदाहरण भन्न पर्दा जगंली मौरीको महकाड्न पुरुषहरु जाने गर्दछन् । तर मौरी पालन घरमा घार राखेर पालेमा महिलाहरुले पनि का मगर्न र महकाड्न सक्छन् । यसरी महिलालाई सहज हुने गरेमा परिवार सबैलाई फाइदा पुग्न सक्छ ।

परियोजना व्यवस्थापन र समान प्रतिफल पाउन कामको विभाजन ज्यादै महत्वपूर्ण छ । महिला र पुरुषले गर्ने कामको विभाजन भएको हुँदा कार्यक्रमको लक्षित समूह पहिचान गर्न मत पुग्छ । समयलाई महिला र पुरुषको भूमिकाअनुसार व्यवस्था गर्न सकिन्छ । महिला–पुरुषबीच कामको भार थाहा पाउँदा परियोजना सञ्चालन गर्न मदत पुग्छ । विकास कार्यमा महिला–पुरुष दुवैलाई समान अवसर दिन सहयोग हुन्छ । यो अवधारणा समाजवादी नारीवादी अनि उदारवादी र माक्र्सवादी नारीवादीका भनाइहरूमा पनि सहमति राख्दै वर्गीय र महिला–पुरुष दुवैबीचको शक्ति सम्बन्धबारे विश्लेषण गरी सकारात्मक परिवर्तनमा विश्वास गर्ने विचारधाराबाट प्रभावित छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button