
‘तपाईं त लेस्बियन होइन नि, के भन्लान् ?’
इन्द्रेनी र ‘समलिङ्गी’ चुनौती
प्रतिभा सुवेदी
इन्द्रेनीको सप्तरगीं रगं चहकिलो उज्यालो सुन्दर हुन्छ । विभिन्न रगंहरुमा उज्यालो र शक्तिनिहित छ भनिन्छ जुन सबैलाई मन पर्ने मनमोहक हुन्छ । सप्तरगी झण्डा लिएर अधिकारकर्मीहरु पनि समलिगिं विवाहका पक्षधरलाई समर्थन गर्दछन् । जो पुरुष पुरुषको विवाह र महिलामहिलाका बीच विवाहका पक्षधर व्यक्तिहरुले यो विषय पनि लुकाउन हुँदैन, उज्यालोमा लेराउन पर्दछ भनी यो सप्तरगीं झण्डा लिएर बाहिर निक्लेका हुन् । त्यसकारण जून महिनामा LGBT(lesbin gay bisexual and transgenderLGBTIQ+ people अधिकारकर्मीहरुले गौरवसँग यी झण्डाहरु लिएर मनाउँद्छन् । सन् १९७८ मा आर्टिस्ट गे पुरुष गीलवर्ट बेकरले डिजाईन गरे यो सप्तरगी झण्डा र ती पुरुषहरु पनि लुकेर वस्ने होइन, यो सच्चाईलाई समाजले स्वीकारर्नु पर्छ भन्ने विश्वास राखे ।
सानफ्रान्सिकोमा कतिपय घर अगाडि यी सप्तरगीं झण्डा देखेँ । पहिला त सहकारी कार्यालय रहेछ भनिठानेँ । सहकारी संस्थाहरुले पनि यो इन्द्रेनी झण्डा प्रयोग गरेका छन् । तर होइन रहेछ । सोधीखोजी गर्दा थाहा भयो, समलिगिंहरुका घरअगाडि पनि यसरी सप्तरगीं झण्डा राखिँदोरहेछ । एउटा सेमिनारमा त्यहाँ भाग लिएको थिएँ । अन्य देशबाट पनि महिलापुरुष समविकास सम्वन्धी कार्यशाला जसमा गैरसरकारी संस्थामा निर्णयक तहमा भएका महिलाहरुको सहभागिता थियो । एक अर्काको अनुभव आदानप्रदान गर्दा हामी सबैजसो महिलाहरुमध्ये भेदभावको शिकार नभएको कोहि पनि रहेनछौँ । सबै महिलाहरु ज्यादै फूर्तिला, सुन्दर र शिक्षाले दीक्षित थिए । कार्यशालाको शुरुमा नै हामीहरु को हौँ, के गर्दछाँै किन गर्दछौँ र हाम्रो जीवनबारे परिचयात्मक कार्यक्रम भयो । सबैको बारेमा परिचय भएपछि अनुमान गर्न कठिन हुने परिवेश पाएँ । ती शिक्षा र सुविधा पाएका महिलाहरु वा उनीहरुका परिवारका महिला सदस्यहरुलाई परेको हिंसा र त्यसको आघातका कारण यो महिलापुरुष समविकासका कार्यमा लागेका रहेछन् । यो समाजमा पनि महिलाहरुमा भेदभाव भएका कारण महिलामहिला मिलेर गृहस्थी गरेका पनि थिए । ।
मेरो अनुभव आदानप्रदानका सन्दर्भमा यस विषयमा हाम्रो उदाहरण त्यतिबेला लुकेको थियो । मलाई विभिन्न स्थानमा अनुभव आदानप्रदानका लागि लैजान खटिएका मानिस क्यानडाको भ्यानकुभर शाखाका अफिसर थिए । कार्यक्रमस्थल आउँदाजाँदाको बाटोको समयमा आआफना देश र परिवारवारे कुरा गर्दा उनले ‘मेरो पार्टनर यस्तो छ उस्तो छ‘ भनेर पुलिगीं शव्द प्रयोग गर्दथिए । मेरो कार्यक्रमको अन्तमा आएपछि मात्र उनले यो भेद प्रष्टसँग खोले । उनको पार्टनर केटा नै रहेछन् । ती दुवै शिक्षित सौम्य, भद्र र जिम्मेवार पदमा कार्यरत । ए यस्तो पनि जीवन हुँदोरहेछ भनिठानेँ ।
मलाई निम्ता गर्ने उनको महिला हाकिम फेड्रिका नावे नेपालसँग परिचित थिईन् । उनले उनको असिन्टेन्टलाई सतर्क बनाएर ‘समलिङ्गि भन्ने भेद नखोल्नु । यी नेपाली पाहुना हुन् । यिनी हाम्रो जस्तो खुला समाजवाट आएकी होइनन् । धेरै कार्यक्रम स्थलहरुमा तिमीले पुर्याउन पर्ने छ । उनीलाई असहज पनि लाग्न सक्छ’ भनेकी रहिछिन् ।
हुन पनि त्यति वर्षअगाडि मैले समलिङ्गि संस्कारलाई सहज रुपमा लिने गरी अध्ययन पनि गरेको थिइनँ । पश्चिमा विश्वविद्यालयहरुमा अध्ययन नगरेसम्म कतिपय धारणाहरु प्रष्ट नहुने र पुरा हुँदैन रहेछ भन्ने मेरो धारणा बनेको छ । अध्ययन गर्दा भने यस विषयमा पनि एक अध्याय पढन पर्दथियो । मैले त्यति बेला थाहा पाएँ, यस्ता पुरुषपुरुष सँगै बस्नेहरुमा पुरुषप्रति नै आकर्षित हुने हर्मोन हुने रहेछ । अहिले समलिङ्गी र तेस्रोलिङ्गीबारे सुन्दा त्यति अनौठा लाग्दैन । हालका दिनमा नेपालमा पनि यो मुद्धालाई पहिलाजस्तो कट्टररुपमा हेरिदै“न ।
एकपटक महिला विकासका भेटघाट अनुभव आदानप्रदानका क्रममा क्यानडामा महिलामहिला पनि समलिङ्गीका रुपमा सँगै बसेका भेटिए । मैले विस्तारै सोधेँ, ‘यो चलन कसरी आयो होला ?’ उनीहरुका अनुशार यसको कारणचाहिं महिलाहरुमा पुरुषबाट हुने हिसां पनि एक हो । तसर्थ जीवनसाथी महिलानै रोजेको भनेर पनि उनीहरुले भनेको पाए“ । तसर्थ महिलामहिला मिलेर बस्ने चलन आयो रे । यसर्थ पनि महिलामहिला समलिङ्गीका रुपमा सँगै बसेका छन् र बच्चा पनि पाएका छन् ।
एउटा कार्यक्रममा मेक्सिकोमा दुई समलिगीं महिलाहरु बच्चा लिएर कार्यक्रममा आए । उनीहरुले बच्चा पाउने निधो गरे र वीर्य बैकंबाट एकजनाले गर्भादान लिए र बच्चाको पालनपोषण पनि गर्न थालेका रहेछन् । पछि थाह पाएँ, ती विवाहित महिलाहरु समलिङ्गी रहेछन् । त्यो बच्चाले कसलाई वाबु भन्ला र कसलाई आमा भन्ला भनी सोचिरहेँ । उनीहरुलाई सोध्ने आँट भने आएन ।
यति हुँदाहुँदै पनि ती समूहका मानिसहरु भेट्दा भेट्दै पनि मेरो मनमा ती व्यक्तिहरुले प्रयोग गर्ने सप्तरंगी झन्डा चित्रित भएको रहेन छ । बरु सन १९८१ मा निर्मित बसेरा नामक हिन्दी फिल्ममा शशी कपुरसँग पुनम ढिल्लोले अभिनय गर्दा लगाएको देखेर पनि मन परेको थियो ।
इन्देनी रगं मलाई अति मनपर्ने । तसर्थ गलामा सप्तरंगी कपडाहरुको प्रयोग गरेर एउटा कुर्ता सिलाउन मन लाग्यो । सिलाउने मानिसले ५ वटा रगं भए पनि राम्रो हुन्छ भने अनि त्यस्तै सिलाएँ । अनि साथीहरुलाई देखाएँ, मलाई यस्तो रगं मन पर्छ भनेर ।
कार्यालयका केही साथीहरुले ‘ए यो तपाईं लगाएर हिड्ने’ भनेर सोधे । म अकमक्क परेँ । अनि फेरि भने, ‘तपाईं त लेस्बियन महिला होइन नि, के भन्लान् ?’ यस्तै अलमलमा धेरै छौं अझै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)