काशीमा पितृ श्राद्ध गर्न जाँदा झन्डै आफै सुँइकेको !

शेरबहादुर ढुङ्गाना
भारत, काशीबाट ।

काशीको ब्यस्त साहु होटलको बास । होटलबाट सामानसाथ ओर्लनु थियो । सबैले सामान राखिदिनु भो । सामानसाथ एक जनाले लिफ्ट बन्द गरेर सामान साथ तल झर्नु थियो । अरू गह्रौ हुने भएकाले बाहिरबाट तल ओर्लनु भो । सामान साथ तल ओर्लने काम रोजें ।

भीमानन्द दाजु र अजीता बैनी तल गाडी भए ठाउँमा ओर्लेर पुग्दा म पुगेको रहेनछु । केही ढिला भएछ । उनीले बराबर अलार्म बजेको सुनिछन् । तुरून्त उपाय नफुरे पनि तल पुग्दा म कठिनाईमा परेको मानिसक्नु भएछ अजीताले ।

सामानको तौल गह्रौं देखाएर लिफ्ट तलमाथि हुन सकिरहेको थिएन । यस्तोमा कल गर्न भारतीय मोबाइल नं मसँग थिएन । मसँग भारतीय नम्बर नभएकाले फोन गर्न सम्भव भएन । लिफ्टको भित्तामा यस्तो अवस्थामा लामो सास तान्न लेखिएको थियो । त्यसैं गरें ।

आजै बिहान मणिकर्णिका घाटबाट पितृ श्राद्ध गर्नु थियो । यता म भनें सकसमा परेको ठानिरहेका बेला विस्तारै लिफ्ट तल झर्यो ।

लिफ्ट रक्सौलका ड्राइभर भवनले झारेको थियो । धन्न बचियो बाई !

पितृ देवो भवः ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button