एनआरएनलाई साझा संगठन बनाउने अभियानमा अहिले ठेस लागेको छ

हेम राज शर्मा

एनआरएनलाई 3P (पावर, पैसा, पोलिटिक्स) र सिमित व्यक्तिको चङ्गुलबाट निकालेर लाखौँ गैरआवासीय नेपालीहरुको साझा संगठन बनाउने अभियानमा अहिले ठेस लागेको छ । प्रत्येक निर्वाचनमा हाम्रो घाँटीमा तरबार राखेर भनिन्छ– कि मान नभए एनआरएनए फुटाउँछौ । अहिले घाँटीमा तरबार मात्र राखिएन, आधा घाँटी रेटियो, पेटमा छुरा रोपियो । मर्नुभन्दा तङ्ग्रेर लड्ने बाहेकको विकल्प रहेन ।

साथीहरु, विश्वमै पहिलो पटक फेस भेरिफिकेसन मार्फ़त आफ्नै घर -घरबाट मतदान गर्न हामी अन्तिम तयारीमा थियौँ । कसैको प्रभावमा नपरी नेतृत्व चयन गर्ने अवसर तपाईहरुलाई मिलेको थियो तर अहिलेलाई यो प्रकृया स्थगन भएको छ । तथापि तपाईहरुको अधिकार भने पूर्णरुपमा खोसिएको छैन । बन्द कोठामा भएका सहमती स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार अझै पनि तपाई हाम्रो हातमा छ । महाधिवेशनमा उपस्थित भएर सशक्त रुपमा आफ्ना अभिव्यक्ति राख्न म अनुरोध गर्दछु ।

अग्रजहरूलाई विनम्र अनुरोध छ– अब फ़ेरि पनि छुरा रोप्न होइन, घाउमा मलम लगाउनतिर लाग्नुस् ।

यस कार्यकालमा शुरु गरिएको रूपान्तरको अभियानलाई जीवन्त र पूर्णता दिन हुलमुल भित्र जाने वा बाहिरबाटै सहयोग गर्ने भन्नेमा म दोसाँधमा उभिएको छु । तपाईको राय सल्लाह अनुसार उचित समयमा निर्णय लिनेछु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button