युक्रेनी: कुनै पनि देश, उनीसँग छैन उनले बुझे

युक्रेनी राष्ट्रपति आफै पनि लडाईको मैदानमा छन् । कुनै पनि देश, उनीसँग छैन उनले बुझे ।

ए पोख्रेल

१. इन्डियाले नेपाललाई सताउनु सताए जस्तै, युक्रेन सोभियत संघबाट निस्किए पछि, रसियन दादागिरीबाट युक्रेनी जनतालाई यसो मुक्ति दिलाउने दाउ गरेका युक्रेनी राष्ट्रपति, अहिलेको लडाइँमा आफै पनि कमब्याट ड्रेस सहित लडाईको वास्तविक मैदानमा उत्रेका छन् । जुनसुकै बेला गोली बम बारूद लाग्न सक्छ उनलाई । तर युक्रेनले हासिल गरेको विकास वा समृद्धिको संपूर्ण पूर्वाधार चाहिँ सोभियत संघकालीन हो । नम्ब्बेको दशक पछि युक्रेनीहरु बरालिएर, अलगावको मारमा परेर रसियासंग बेमेल भएको हो । त्यसको पछिल्लो घटना आक्रमण।

२. हार जीत जे सुकै होस्, स्वाभिमानका साथ लड्छु र मर्छु भनिरहेका छन् । उनलाई पनि थाहा भयो अब, नाटो राष्ट्रहरूले हतियार बिक्रीको लागि आफूलाई प्रयोग गरेका रहेछन्। हाम्रो दुःखमा व्यापार पो गरेका रहेछन् भन्ने कुरा । कम्तीमा पनि हिजो उनले नाटोका २७ नेताहरुलाई फोन गरेर सोध्दा पाएको जबाफ बाट। भौतिक लडाई जित्न सकिँदैन तर लडेरै मर्छु देशको निम्ति भनेर सडकमा उभिएका छन् ।

३. युक्रेनको लागि दुःखको कुरा, उनलाई वा युक्रेनी सरकारलाई रसिया बिरुद्द उकास्नु उकासेर, हात हतियार किन्न लगाएर, अर्बो डलर युक्रेनबाट कमाई गरेका नाटो सदस्यहरू, टाउको लुकाएर बसेका छन् ।

४. बेला बेलामा अर्ति उपदेश चाहिँ दिँदै छन् उनलाई, ताकि अझै हतियार बेच्न सकियोस् ।

५. राष्ट्रपतिलाई थाहा भयो, कसैका प्रतिबद्धता वा मौखिक आश्वासन वा एकबद्धताको कुनै अर्थ छैन आजभोलिको युद्दमा ।

६. लाखौ इराकी जनता (२५० हजार भन्दा बढी त बच्चाहरु मात्र मारिए), अफगानी जनता मात्र होइन, आज पनि प्यालेस्टेनी नागरिकको दैनिक हत्यामा चू नबोल्नेहरु, अहिले म वा हामी युक्रेनी सरकार वा जनताको पक्षमा छु भनेर कसैले भनिरहेको छ भने, यसको पछाडि उसको निहित स्वार्थ लुकेको छ । कुनै अमूक फाइदाको निम्ति बोलिरहेको छ, यसमा शंका छैन।

७. चरम स्वार्थीहरुका अनेक रूपहरू हुने गर्छन् । छेपारो जस्तै रूपहरुमा देखा पर्ने गर्छन् ताकि हामी जस्ता साधारण मानिसहरूलाई भ्रम दिँदै गर्छन् । अहिलेको नेपाल सरकारले यूक्रेनको पक्षमा छु भन्नुको अर्थ पनि शासकहरूको आफ्नो व्यक्तिगत स्वार्थको कारणले भनेका हुन । यिनीहरूको कुनै मानवीय मूल्य मान्यता वा समवेदना भएर होइन ।

८. मैले माथि उल्लेख गरेका केही प्रतिनिधि घटनामा लाखौ लाख मानिसहरू मारिए वा मारिदै छन्, तर ती जनताको पक्षमा कहिले पनि हाम्रो सहानुभूति छ भनेनन् नेपालका शासकहरू वा कृष्ण पहाडी नामका कठपुतलीहरुले ।

९. कृष्ण पहाडीहरु विदेशीका एकदमै खाटी भरिया प्रतिनिधिहरू हुन् । यस्ता मान्छेहरू नेपालमा हजारौं हजार छन् । यिनीहरूको दानापानी (सहयोग रकम अर्थात् फण्ड) सबका सब विदेशबाट आउँछ विभिन्न NGOs वा INGOs वा दूतावासहरू मार्फत सिधै समेत । त्यसैले यिनीहरूलाई “फण्डीत” भनिन्छ । अर्थात् फण्डीतहरु एक प्रकारले विदेशी एजेण्टहरु हुन । जुन विभिन्न क्षेत्रमा रहेर नेपालमा काम गरिरहेका हुन्छन् र सूचना बटुलेर विदेशतिर प्रवाह गर्ने गर्छन् ।

Advertise
Hike & Write


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button