निधारमा हुनुपर्दोरहेछ सँगै जिउनु सँगैसँगै मर्नु पनि

रञ्जु तेन्चिपा राई
कालिम्पोङ्ग, भारत

मैले तिमीबाट केही लिनु छैन, न त सुख न सम्पत्ति, न त कुनै महँगो गहना कपडा । म त तिमी सँधै खुशी र सुस्वास्थ्य रहेको हेर्न चाहन्छु । मैले दिएको खुशीहरुमा कमी होला, मैले दिएको साथहरुमा कमी होला । त्यसको निम्ति मलाई माफ गरिदिनु ल ।

तिमी भन्ने गर्छौ, ‘मलाई कहिले नबिर्सनु है ।’ तिमी नभएको पल त सबै बिर्सनु सकुँला तर दुई पल भए पनि तिमी भएको पल त मेरो हृदय र मस्तिष्कले कैद गरिसकेको छ । अब त मैले भुल्न चाहँदा कहाँ हुन्छ र ?

मैले नचाहेको कहाँ हो र जीवनभर तिम्रो न्यानो अँगालोमा बाँधिएर एक अर्कोमा माया बाँटेर जिउन । तर सोचेजस्तो कहाँ हुँदो रहेछ र ! निधारमा हुनुपर्दोरहेछ सँगै जिउनु सँगैसँगै मर्नु पनि ।

निधारले त हामीलाई छुट्याउन सक्छ तर मेरो मन मुटुबाट कसैले निकाल्न सक्दैन तिमीलाई । सँधै इज्जत गरेर सजाई राख्नेछु मेरो मनको कुनामा तिमीलाई, केवल तिमीलाई ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button