अहा ! विखण्डित समाजलाई बालबालिकामार्फत जोड्ने सपना
शौर्या खनाल
एउटा चार पत्रे सपना मेरो
हर वर्गका केटाकेटीहरूलाई एउटै आँगनका राखेर उच्च स्तरीय शिक्षा दिने ।
विखण्डित समाजलाई बालबालिकामार्फत जोड्न पहल गर्ने ।
गुरु र गुरूकुलको मर्यादालाई समाजमा बिउँताउने ।
मिलिजुलि एक सभ्य र सँस्कारी समाजको निर्माणमा लागि पर्ने ।
तर म र मेरो यो सपनाबी के के तगाराहरू रहेछन् त ?
१) स्कुलप्रति समाजको धारणा सकारात्मक रहेन रहेछ ।
२) स्कुलको नाम र फिलाई आफ्नो नाम र औकातको पर्यायवाची मानिन थालिएछ ।
३) सामुहिक हितको लागि समाजमा सहकार्यको माहोल निकै नगन्य भएछ ।
४) शिक्षण पेशामा निपुर्ण र सिपालु व्यक्तिहरू जान खासै नरूचाउने भै सकेछ ।
५) च्याउ जस्तै धेरै स्कुलहरू जताततै खुलेछन्, तब त विद्यार्थी संख्या र शिक्षकहरूको तानातानमा यो क्षेत्रको मान, यसै क्षेत्रका व्यक्तित्वबाट हानि भएछ ।
६) साना निजि स्कुलहरूको बागडोर अभिभावकहरूको हातमा हुन थालेछ ।
७) देखावटी भडकप्रति समाज नतमस्तक भएछ ।
समाधान कसरी होला त ?
१) विवेकशील व्यक्तिहरूले गलत र सहिबीच फरक बुझेर ।
२) समाजका हरेक वर्गको उत्थान नभैर आफू मात्र सक्षम हुनुमा फाईदा छैन भन्ने मनन गरेर ।
३) पैसाले सँस्कार किन्दैन र गरीब परिवारमा पनि राम्रो सँस्कार हुन सक्छ भन्ने बुझेर ।
४) कृष्ण र सुदामाको कथालाई आदर गरेर ।
५) एउटा सम्पन्नले अर्को विपन्नको पढाईको फि भरेर ।
६) गरीबी सरूवा रोग हैन भन्ने बुझेर ।
७) गुणस्तरीय शिक्षा सबै बालबालिकाको अधिकार भन्ने भावना लिई सहयोगी हात बढाएर ।
८) गुरु हुनुमा गौरव गरेर ।
९) उच्च स्तरीय, नैतिकताप्रधान शिक्षामा सबै बालबालिकाको समान अवसर हुन सके, अबको २० वर्षमा देशले मुहार फेर्ने छ भनी विश्वास गरेर ।
१०) यो क्षेत्रमा निस्वार्थ लागि परेकाहरूलाई सहयोग गरेर ।
Don´t be scared to Dream.
‘ईश्वरले तँ आँट, म पुर्याउँछु’ भन्छन् रे ।