… तर नेपालमा त गजब छ

सौर्या खनाल

नेपाल त विद्वानहरूको देशमा गनिनु पर्ने । कति धेरै युवाहरू Graduation पछि पनि full-time higher education मा जानु हुन्छ ।

You must be kidding, I can’t stand a day of academic studies anymore.
I still haven’t paid off my student debt.
I can´t afford to continue my studies.

यी माथिका जवाफ आउँथे, London का मेरा कामका साथीहरूबाट, ‘Masters गर्ने हैन ? भन्दा ।´

म पनि २ वर्ष जति बस्न नेपाल आउने कि education मा Masters गर्ने भनेर घोत्लिँदा नेपाल आउनु नै ठिक ठानें ।

तर नेपालमा त गजब छ । कति जना double Graduation, double Masters नभए पनि minimum Masters त गर्नै पर्छ भन्ने प्रेरणा लिनु हुन्छ । त्यो पनि काम नगरी, full-time basis मा ।

किन होला ?

१) भने जति दामको जागिर नपाएर ।
२) धेरै वटा certificate भए धेरै demand मा भइन्छ भनेर ।
३) धेरै बुद्धि आउँछ भनेर ।
४)बेरोजगार भनेर गिजाउनबाट बच्न भनेर ।
५) Occupation मा student लेख्ने बानि परेको भएर ।
६) पैसाको खाँचो नभएर ।
७) DV वा अरू देशको भिसा लागुन्जेल time pass गर्न भनेर ।

अनि देशको जाँगरिला, तन्नेरीहरूको साथ बिना हामी जस्ता बुढापाकाले मात्र कसरी विकास र समान अवसरको अभियान अगाडि बढाउने होला ? म सोचमा परेको छु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button