
डाक्टरले सोधे, ‘तपाईंहरुको नाता के हो ?’
प्रतिभा सुवेदी
तपाईंहरुको नाता के हो भनेर वीर अस्पतालका चिकित्सकले सोधे । अनायस मेरो मुखबाट नाता महिला हो भन्न आएछ । डाक्टर छक्क परेर मेरो अनुहार हेरे । वास्तवमा नाता केही थिएन । उनी हाम्रो नारी चेतना केन्द्रमा गुहार माग्न आएकी महिला थिइन । डाक्टरले चाहिँ विरामीलाई केही भएमा उनको मानिसको खोजी गरेका रहेछन् । मलाई पत्तै भएन । पिटाईका कारण उनको शरीर भरी नीलडाम थियो । सहारा खोज्दै श्रीमानको निर्घात पिटाइका कारण भागेर हाम्रो अफिसमा आईपुगेकी थिईन् । रातभरि शौचालयमा लुकेर ज्यान जोगाएर भोलिपल्ट लक्ष्मी सुनुवारले बिहान नारी चेतना संस्थामा आई ज्यान बचाएकी थिइन् ।
हामीहरुले वीर अस्पताल आकस्मिक कक्षमा पुरायो । डाक्टरले उपचारपछि औषधीदिएर पठाए । उनी २५ वर्षकी सलक्क परेकी सुन्दर थिइन् । उमेर पनि २५ वर्ष मात्र थियो । उनका तीन ३ जना छोराछोरी थिए । श्रीमानको कुरा गर्दै रुँदै थिईन् । पिटाइ खा“दाखा“दा आजित भएकी उनी घर जाने पक्षमा पनि थिइनन् । श्रीमानको पिटाईको ज्यादति रहेछ । तर घर नगएर भएन, त्यो पटक गईन् ।
फेरि उनी रुँदै आईन् । र, यो मेरो लोग्ने मेरो पछिपछि आज आएको छ दिदी, पुलिसकाँ लान पर्यो भनिन् । उनीहरु दुवै आउँदाआउँदैको कोठामा बसे ।
उनको श्रीमान खुट्टा खोच्याउने, होचा र रुप न रगंका रहेछन् । मनमनै लाग्यो, पुलिस त बोलाउँछु र पुराउँछु तर यो मानिस आफै खल्च्याङखल्च्याङ गर्ने रहेछ । पुलिसले एक दुइ झापड हानेर तर्साउँदा मात्र पनि थला पर्ला जस्तो पनि लाग्यो ।
हाम्रो अफिसमा दुइवटा टेलिफोन थियो । मैले अर्को कोठामा गएर पुलिस बोलाए । पुलिसको भ्यान आयो । उनीहरु लाई भ्यानमा हाल्यो । हामी पनि त्यही भ्यानमा गयौं ।
खासमा हामी अर्को ट्याक्सीमा जान पर्ने रहेछ । मलाई त त्यो नियम पनि थाहा थिएन । रत्नपार्क पुलिस थानामा लगे । त्यस बदमासलाई हप्काए । मैले पुलिसलाई त्यो मान्छेलाई नपिट्नु, तर्साउनु मात्र भनेँ ।
तर त्यो बदमासले पछि श्रीमतीलाई मारिछाडेछ । थुनामा पनि परेन ।

महिला उपर हुने हिंसा विभिन्न रूपमा व्याप्त छ । बालविवाह, बहुविवाह, बलात्कार, बुहार्तन, बेचबिखन, तस्करी, दाइजो, समान कामका लागि असमान ज्याला र स्वास्थ्य समस्याजस्ता अनगिन्ती रूपमा महिला हिंसा व्याप्त छ । यसरी जब व्यक्तिलाई मानसिक र शारीरिक चोट पुग्छ, तब हिंसा हुन थाल्छ । प्रायःमहिला चिन्ता, कुण्ठा, त्रास र तनावग्रस्त स्थितिमा बा“चेका छन्् र विभिन्न कारण परिवार र समाजमा मारिएका छन् ।
दक्षिण एसियामा लाखौं महिला घरेलु हिंसाका कारण मारिएका र बेपत्ता पारिएका छन् । दिल्लीमा दुई नेपालीभाषी महिलाको हत्या भनी घरेलु कामदारहरु मीना राई र सुजला गुरुड. हत्या खबर हिन्दुस्तान टाईम्सबाट साभार गरेर कान्तिपुरले छापेको थियो ।
बालिका र महिला लभएकै कारण विभिन्न मौकाबाट वञ्चित अनि स्वतन्त्र अस्तित्वकोे निर्माणमा बाधा भएको ह“ुदा उनीहरू हिंसाको सिकार भएका हुन् । जनसंख्या नियान्त्रणका नाममा होस् वा मदिरा सेवनका कारण, मनोरञ्जन व्यवसाय चलाउने नाममा होस् वा घरेलु कामदारका रूपमा अथवा सामाजिक कुसंस्कारका नाममा, बालिका र महिलाहरूको शोषण हुने गरेको छ । हाम्रो जस्तो बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय जटिल संरचना भएको देशमा यो समस्याले जरो गाडेको छ । स्पष्ट रूपमा के भन्न सकिन्छ भने हिमालदेखि तराईसम्म बसोबास गर्ने बालिका र महिलाहरू शोषित र पीडित छन् । तराईका महिलाहरू विभिन्न कुसंस्कारले अझ बढी पीडित छन् ।
क्यानडामा ’एक पुरुष विद्यार्थीले महिला र पुरुष भएको कक्षा कोठामा पुरुष विद्यार्थीहरुलाई बाहिर पठाएर महिला विद्यार्थी जतिलाई गोली हानी १४ जनाको एकैपटक हत्या गरेका थिए । मार्क लिपाईने नाम गरेका २५ वर्षकोे सनकी केटाले पुरुषको पेशा ठानिने ईन्जिनियर पेशा अध्ययन गरिरहेका महिलाहरुलाई मारेको थियो । सन् १९८९ डिसेम्बर ६, मा इन्जिनियरीङ अध्ययन गर्दै गरेका महिलाहरुलाई कक्षा कोठामा गई निर्मम हत्या भएको विषय कसैले विर्सन सकेका छैनन् । ती चौध महिलाहरुको प्रतिविम्व धेरै कार्यालयहरुका भित्तामा आज पनि टागिंएका छन् र हरेक वर्ष सम्झना गरिन्छन् । त्यो दर्दनाक घटनापछि क्यानेडियन पुरुषहरु महिला हिंसाविरुद्व संस्थागतरुपमा कार्यरत छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)