नेपाल आएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खुब मनपर्छ रे

‘पहिला नेपाल आएका पनि रहेछन् । नेपाल खुब मनपर्छ भने’, बेलायत भ्रमण गरेर स्वदेश फर्किएलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विमानस्थलमा भने । तर, बाइडेन कहिले नेपाल आएका थिए भनेर देउवाले खुलाएनन् ।

विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेट र वार्ताबारे छोटो जानकारी दिएका थिए । देउवा विश्व जलवायु सम्मेलन (कोप २६) मा भाग लिन स्कटल्यान्डको ग्लास्गो गएका थिए ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button