माया गरेर छोरीलाई हत्या गरेको बयान

विलभेड उपन्यासका पाना पल्टाएर पढ्दा

प्रतिभा सुवेदी

शुरुमा आफ्नै सन्तानहरुको हत्या गरेर ती सुरक्षित हुन्छन् भन्ने सुन्दा विश्वास मान्न कठिन हुन्छ । समकालिन समस्याहरुलाई काल्पनिकताको गहिराईमा पुगेर दासताका विषयवस्तुमा आधारित पशुवत मानव जीवनवारे लेखिएको उपन्यास हो विलभेड । एउटी आमाले सबै सन्तानलाई मारेर आफु पनि आत्महत्या गर्न उद्यत थिईन् । यस क्रममा सबैभन्दा सानी काखे बालिका मार्न पुगिन् । छर छिमेक र समुदायका मानिसहरुसँग ततपश्चात् उनको छवि गिरेको थियो । उनले गरेको शिशु हत्याको जघन्य अपराधलाई समुदायले स्वीकारेको थिएन ।

पहिला, विलभेड उपन्यासका पाना पल्टाएर पढ्दा त्यो नेपालीसन्दर्भको पनि थिएन । यो उपन्यास त्यसताकाको अफ्रिकनल अमेरिकि समाजमा भोगेका शोषणका विषयहरु समेटिएको संगालो हो । विषेश गरेर लेखनमा कालाजातिमाथि र गोराजातिले गर्ने अमानीय व्यवहारको चित्रण गरिएको छ । लेखिका पनि अफ्रिकन अमेरिकन हुन् र त्यसताकाका अमेरिकामा कालाजातिहरु जसरी शुरु शुरुमा गोरा जातिका दासतामा बाँच्न वाध्य थिए। त्यतिबेलाको सामाजिक परिवेशको सशक्त रुपमा देखाईएको छ ।

एउटी कालाजातिमा पर्ने महिला जसको १४ वर्षमा विवाह भएको थियो । ती आफ्ना छोराहरु र छोरीसँग वस्दै आएकी थिईन् । त्यो घरमा एउटा त्रासदीपूर्ण घट्ना घट्यो र वलगर्ड र हवार्ड नामक छोराहरु आमासँग डराएर घर छोडेर भागेका थिए । एउटी छोरी डेनवर्ग उनीसँग बसेकी थिईन् । यो उपन्यास पढ्न पनि त्यति सजिलो भने छैन । अत्यन्त काल्पनिक र विगतका वास्तविकताको संमिश्रण छ । किनकी आमा सेथीले छोरी विलभेडलाई माया गरेर हत्या गरेको विषय बयान गरेर लेखिएको विषयवस्तु नै अध्ययन गर्दा सहज हुँुदैन । उपन्यासमा आमाले छोरीको हत्या गरेर छोरीलाई दासताको दुखःबाट मुक्ति दिलाउने गतिलो प्रयास हो भनी उल्लेख गरिरहँदा पनि उनीभित्र प्रशस्त पश्चाताप भएको छ तर न्यारेसनमा पश्चाताप छैन भनी उनको मुखबाट भनाईन्छ । यस उपन्यासकि नायिका किशोरी अवस्थामा बन्दी बनाईएकी थिइन् र दासका अवस्थामा राखिएको स्थानबाट भाग्न सफल काला जातिकी महिला थिईन ।

उनी पहिला बसेको स्थान काला जातिलाई भेडाबाख्रा र जनावर जस्तोगरी राखेको जेल जस्तो स्थानबारे उपन्यासमा बयान गरिएको छ । जहा“ जुनसुकै किसिमका अमानविय व्यवहारहरुका शिकार हुन पर्ने थियो । त्यहा“ मानविय मूल्य मान्यताको कल्पना गर्न पनि कठिन अवस्थामा पाएको पिडादायी क्षणहरु संझेर त्यस परिवेशमा आफना सन्तान बाँच्न भन्दा ती पहिले मरेको वेश भन्ने यी उपन्यासकी नायिकामा भावना आयो । यसर्थ यस उपन्यासमा मानिसहरुले जनावर जस्तो अमानवीय स्थितिमा बाँच्नभन्दा त मरे राम्रो भन्ने आमाको एकोहोरो मायाको वर्णन छ ।

उनको अत्यन्त प्यारी दुधेबालिका शिशुको नाम विलभडे हो । यी आमाले ती छोरीको निर्मम हत्या गरेको विषय र आमाको त्यसपछिको मानसिकता अनि आमा र बच्चाको आत्मियताको वर्णन गरिएको छ । यस उपन्यासकी मुख्य नायिका सेथी नै भेदभाव, दासता र पिडादायी गरिबीकीको मारमा परेकी थिईन । हिंसाकी शिकार भएकी थिईन । यस उपन्यासकी मूल पात्र सेथी जो दासताको कारण भएको हिंसाको शिकार भएकी महिलाका रुपमा प्रस्तुत गरिएको छ ।

उनी विक्षिप्त खालको अवस्थामा जीवन बाँचेकी हुन्छिन् । उनी आफनो घरपछाडि भएको एउटा रुखलाई हेरिरहेकी दृश्य वर्णन गरिएका हुन्छ । जसलाई हेरेर मनमा आशा जगाउँथिन् । रुखको जराले रुखलाई अडाएर राखेको जस्तै कठिन समयमा पनि उनले आफुलाई उभ्याएकी कल्पना गर्थिन् । आफनै हातबाट दुधे बालिको हत्या गरेको विषय कसैलाई भन्न पनि डराउँथिन् । उनी झन् झन् विक्षिप्त हुदै गईन् । यो विषय उनले सबै आउने जाने सम्पर्कमा हुनेहरुसँग कहिले बताईनन् ।

तर, उनी ती मारिएकी छोरी कहिले नदीबाट निस्किएर आएकी देख्थिन् भने कहिले साथै बसेको कल्पनामा डुबुल्कि मार्ने गर्दथिन् । घरमा सधै तर्साएको महसुश गर्दथिन् । तसर्थ त्यो घरलाई पनि उनले घरको रुपमा लिन सकिनन् । बन्दी स्थलबाट भागेता पनि जीवनभर स्वतन्त्रताको आभास नपाएकी यी महिला बालिकाको निर्मम हत्याको कारण उनी विगतका क्षण र वर्तमानको ग्लानीमा बाँचेकी हुन्छिन् । जबकी उनको जीवन पनि पश्चाताप र ग्लानीले भरिएको छ । उनी बारम्वार आफुले छोरीको सुरक्षाको लागि मारेको प्रमाणित गरि चित्त बुझाउन चाहन्थिन् । तर, बालिकाको आत्मा भड्केको उनलाई भान र विश्वास भैरहेको हुन्छ ।

त्यो दर्दनाक घट्नाका पछाडि केही हदमा उनको समुदाय पनि जिम्मेवार थियो । पछि तिनीहरु पछुताए किनभने उनका सन्तान लैजानलाई एक स्कूल शिक्षक आएका थिए तर ती के कारण आएका थिए भन्ने सेथीलाई थाहा थिएन । ती घटना घटेको केही क्षणमा त्यस घरमा आईपुगे जबकि छरछिमेकीलाई थाहा भईसकेको थियो ।

यो विलभेड् नामक सन् १९८७ मा छापिएको फिक्सन उपन्यासमा विगतका दासताका कठिनाई विर्सेर वर्तमानमा सहज जीवन चल्न सक्दैन भन्ने छ । किनकी विगतले वर्तमानलाई आकार दिन मद्धत गर्दछ भन्ने छ । अर्को सन्देशचाँहि ईतिहासका तिता यथार्थहरु नया“ पुस्ताले थाहा पनि पाएका हुँदैनन् । यो उपन्यासले दिएको सन्देश भनेको विगतलाई वा ईतिहासमा घटेका घटनालाई कमजोरीका रुपमा लिन हुँदैन र लुकाउन पनि हुँदैन, त्यसबाट शिक्षा लिन पर्ने हुन्छ ।

सन् १९८७ मा र पुन २००४ मा प्रकाशित विलभेड नामक उपन्यास टोनी मोरिसन, नोबेल पुरस्कार विजेता लेखिकाको कलमले दासताको समयको समकालिन यथार्थलाई दिईएको कल्पनाहरुको उपज हो । यी टोनी मोरिसनको सन् १९३१ पmेब्रुअरी १८ मा अमेरिकाको ओहाईयो राज्यमा जन्मेकी थिइन र सन् २०१९ अगस्टमा निम्युनियाका कारण ८८ वर्षमा मृत्युवरण गरिन । यी लेखिकाद्वारा लिखित पुस्तकहरु विश्वविद्यालयका पाठ्य सामग्रीमा राखिएका छन् र यिनका उपन्यासहरुले विभिन्न पुरस्कारहरु पाउन सफल भए । उनको बाल्यकाल पनि दुखःमा गुज्रेको थियो । साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो कालाजातिकी यी महिलाले यस उपन्यासका लागि भने उनले पुलिट्जर प्राईज पाएकी थिईन ।

तर, त्यो उपन्यास पढ्दा मैले नेपालमा गरिबीमा रहेका आमाहरुले सन्तानसहित आत्महत्या गर्न पोखरीमा हाम्फालेर आत्महत्या गरेका तर आमाचाँहि बाँचेको र छोराछोरी मरेको घट्ना सम्झन पुगेँ । केही वर्षअघि काडमाडौं वरिपरिर्क गाउँमा पोखरीमा हाम्फालेकी आमालाई समुदायका मानिसहरुले उतारे र बचाए । तर, साना बालबालिका मर्न पुगे । त्यस्तै आफ्ना सबै छोराछोरीसहित त्रिशुली नदीमा हाम्फालेर आत्महत्या गरेका परिवारको सम्झना आयो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button