
साउन्ड हिलिङले अहंस्तर शान्त पार्दै चेतनालाई गहिरो तहमा पुर्याउँछ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘सोसाइटी’मा साउन्ड हिलर रितु शाक्य ।
साउन्ड हिलिङसँगको सम्बन्ध/अनुभवबारे संक्षेपमा बताइदिनुहोस्।
साउन्ड हिलिङसँग मेरो सम्बन्ध जीवन विज्ञानको एउटा कार्यक्रममा गुरुदेवको एउटा प्रवचनमा ध्वनिबाट मनको पिडा कम गर्न सकिन्छ भन्ने जानकारी पाएलगतै यसको बिषयमा खोजि गर्ने क्रममा एउटा मित्रज्युको ध्वनि उपचार गर्ने तालिम केन्द्र भेट्यौ अनि शुरु भयो यो यात्रा । ध्यान, योग र ध्वनि अनुभूति अभ्यासमार्फत सुरु भयो । ध्वनिले मनमस्तिष्कमा ल्याउने गहिरो शान्ति र बोधको प्रभाव आफैँ अनुभव गरेपछि यसमा गहिरो रुचि बढ्दै गयो, त्यसपछि हामीले यो उपचार पद्धति स्वरोजगार तथा सर्वकल्याण हेतु गर्ने निर्णय लियौं।
साउन्ड हिलिङमा प्रवेश गर्न तपाईंलाई प्रेरित गर्ने मुख्य कारण के थियो?
मानिसको तनाव कम गर्न, आन्तरिक शान्ति दिलाउन र प्राकृतिक तरिकाले उपचारलाई समर्थन गर्ने विधि खोज्दा साउन्ड हिलिङ नै सबैभन्दा प्रभावकारी अनुभव भयो, धेर लगानी पनि नपर्ने, तत्काल परिणाम प्राप्त हुने अनि सबैलाई मनपर्ने बिधि भएकोले यही नै मुख्य प्रेरणा बन्यो।
साउन्ड हिलिङ के हो?
विशेष ध्वनि तरंग (vibrations) प्रयोग गरेर शरीर, मन र भावनालाई सन्तुलित बनाउने अत्यन्त प्रमाणिक उपचारविधि हो। ध्वनिको कम्पनले शरीरका कोष, स्नायु प्रणाली र ऊर्जा प्रवाहमा गहिरो परिवर्तन ल्याउँछ।
साउन्ड हिलिङ प्रक्रियामा प्रयोग हुने मुख्य वाद्य उपकरणहरू (जस्तै: सिङ्गिङ बोल, गङ्ग, ट्युनिङ फोर्क आदि) का बारेमा संक्षेपमा बताइदिनुहोस्।
सिङ्गिङ बाउल: धातु/ क्रिस्टलबाट बनेको पात्रो, जसले हार्मोनिक ध्वोनी र उर्जाशील कम्पन उत्पन्न गर्छ।
गङ्ग: ठूलो धातुको प्लेट जसले गहिरो र शक्तिशाली कम्पनका लागि प्रयोग हुन्छ।
ट्युनिङ फोर्क: विशिष्ट आवृत्ति (frequency) दिने काँटाजस्तो उपकरण जसले पनि शूदिंग साउन्ड र vibration दिन्छ।
तिंग सा ले तिखो साउन्ड दिन्छ जसले सिर क्षेत्र को frequency मिलाउ छ।
बेल जुन प्रत्यक पुजामा प्रयोग हुन्छ त्यसबाट आउने साउन्डले आनन्द दिन्छ।
यी सबैले शरीरको ऊर्जा क्षेत्र र स्नायुतन्त्रमा सामञ्जस्य ल्याउँछन्।
साउन्ड हिलिङ अन्य वैकल्पिक उपचार विधिभन्दा कसरी फरक छ?
साउन्ड हिलिङ कम्पन र ध्वोनी प्रयोग गर्ने ‘non-invasive’ विधि हो। शरीरमा कुनै रसायन, दबाब वा शारीरिक हस्तक्षेप नहुने भएकाले अत्यन्त सुरक्षित मानिन्छ। यसको कुनै side effect हुदैन। शरीर, मन र भावनामा गहिरो सकारात्मक प्रभाव पार्छ। स्नायुतन्त्र (nervous system) शान्त बनाउँछ। मुटुको धड्कन र श्वास प्रश्वास सन्तुलित गर्छ। तनाव, डर, रिस जस्ता भावनात्मक भार हल्का बनाउँछ। मन स्पष्ट, ध्यान concentrate बनाउँछ। शरीरको स्वउपचार क्षमता सक्रिय हुन्छ।
मानिसहरूले तनाव, चिन्ता, अनिद्रा, आघात (trauma) जस्ता समस्यामा साउन्ड हिलिङबाट कस्तो फाइदा पाउन सक्छन्?
तनाव कम गर्छ । चिन्ता–स्तर घटाउँछ । गहिरो निद्रा ल्याउँछ । Trauma या पुरानो negative memory लाई बिस्तारै रिलीज गर्न मद्दत गर्छ । parasympathetic nervous system सक्रिय भई relaxation response बढ्छ ।
नियमित रूपमा साउन्ड हिलिङ गर्ने व्यक्तिमा कस्ता परिवर्तनहरू देखिन सक्छन्?
नियमित अभ्यासमा देखिने परिवर्तन, मन बढी शान्त, निर्णय क्षमता स्पष्ट, धैर्य, सहनशीलता र सकारात्मकता वृद्धि, भावनात्मक सन्तुलन, शरीर हलुका, थकान कम ।
साउन्ड हिलिङलाई आधुनिक स्वास्थ्य–चिकित्सासँग कसरी जोडेर बुझ्न सकिन्छ?
ध्वनि–कम्पनले स्नायुतन्त्र, ब्रेनवेभ (alpha/theta waves), हार्मोन सन्तुलन जस्ता वैज्ञानिक आधारहरूसँग प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले यो complementary therapy रूपमा आधुनिक उपचारसँग सहकार्य गर्न सकिन्छ।
साउन्ड हिलिङलाई प्रायः ऊर्जा–सन्तुलन (energy alignment) र चक्र सन्तुलनसँग जोडिन्छ। यसमा तपाईंको बुझाइ के छ?
ध्वनिले ऊर्जा–केन्द्रहरू (चक्र) को अवरुद्धता हटाउन र प्रवाह खुलाउन मद्दत गर्छ। उचित आवृत्तिले चक्रको कम्पनसँग सामञ्जस्य बनाउँछ।
ध्वनिले ध्यान, आन्तरिक शान्ति र आत्म–अनुभूति (self-realization) बढाउन कत्ति प्रभाव पार्छ?
ध्वनिले मनको चञ्चलता घटाइ deep meditative state मा पुर्याउँछ। यसले आत्म–चेतना, बोध र inner clarity बढाउँछ।
साउन्ड हिलिङले मानिसलाई आध्यात्मिक यात्रामा कसरी सहयोग पुर्याउछ ?
ध्वनि–कम्पनले अहं–स्तर (ego layer) शान्त पार्दै चेतनालाई गहिरो तहमा पुर्याउँछ। यसले आत्म–पहिचान, भित्री शान्ति र आध्यात्मिक विस्तारमा सहकार्य गर्छ।

साउन्ड हिलिङ सत्रका क्रममा सहभागीहरूले अनुभव गर्ने सामान्य आध्यात्मिक/भावनात्मक प्रतिक्रिया के–के देखिन्छ?
भारीपन या हलुका महसुस। भावना ‘release’ (रुन मन लाग्ने, हाँसो आउने)। शरीरमा कम्पन र आनन्द, हलुकापन। ताजगी, शान्ति, clarity। केही deep ट्रान्समा जान सक्छ र deep relaxation हुन्छ ।
तपाईंले सञ्चालन गर्ने सत्र (session) को प्रक्रिया कस्तो हुन्छ?
councelling, स्वास प्रश्वास समायोजन, ध्वनि उपकरणहरूको क्रमिक प्रयोग, guided meditation relaxation, अन्त्यमा grounding र अनुभूति sharing ।
समूह सत्र (group healing) र एकल सत्र (one-to-one healing) बीच के फरक पाउनुहुन्छ?
समूह सत्र: सामूहिक ऊर्जा, गहिरो विश्राम; तर व्यक्तिगत आवश्यकताअनुसार customize कम। एकल सत्र: ग्राहकको समस्याअनुसार लक्षित उपचार, गहिरो व्यक्तिगत उपचार ।
नेपालमा साउन्ड हिलिङको अभ्यास र माग कत्तिको बढिरहेको छ?
अन्तर्राष्ट्रिय पर्यटक, योग सस्था, रिसोर्ट र कुनै कुनै सस्थाहरुमा माग तीव्र रूपमा बढिरहेको छ। पछिल्ला वर्षमा awareness उल्लेख्य रूपमा बढेको छ।
नेपाली समुदायमा यसप्रति कस्तो बुझाइ र स्वीकार्यता छ?
पहिले “वैकल्पिक” मानिन्थ्यो, तर अहिले स्वास्थ्य, ध्यान, योग र मानसिक सन्तुलनसँग जोडिएको बिषय भएकोले स्वीकार्यता बढ्दैछ।
नेपालमा साउन्ड हिलरहरूको दक्षता र प्रशिक्षणका क्रममा के–कस्ता सुधार आवश्यक देख्नुहुन्छ?
दक्षता र प्रशिक्षणमा सुधार आवश्यक, मानव आरोग्यतासम्बन्धि प्रशिक्षण, anatomy–physiologyको ज्ञान, ethics र safe practice guideline, उपकरणको सही प्रयोग र आवृत्ति–ज्ञान आवश्यक छ।
साउन्ड हिलिङ अभ्यासमा आउने प्रमुख चुनौती के–के हुन्?
गुणस्तरीय प्रशिक्षणको कमी, गलत दाबी/overclaiming, उपकरणको गुणस्तर, जनस्तरमा वैज्ञानिक पक्ष पर्याप्त नबुझिनु।
निकट भविष्यमा साउन्ड हिलिङको क्षेत्रमा कस्तो सम्भावना देखिन्छ?
नेपालको प्राकृतिकआध्यात्मिक वातावरणका कारण साउन्ड हिलिङ वैश्विक स्तरमा विशेष पहिचान बनाउन सक्ने ठूलो सम्भावना छ।
आध्यात्मिक पर्यटन विकासमा साउन्ड हिलिङको कस्तो भूमिका हुन सक्छ?
साउन्ड हिलिङ योग ध्यान साँस्कृतिक पर्यटनसँग समन्वय भएर नेपाललाई holistic wellness destination बनाउन ठूलो भूमिका खेल्न सक्छ।
साउन्ड हिलिङ सुरु गर्न चाहने नयाँ अभ्यासक वा उपचार खोजिरहेका व्यक्तिहरूका लागि तपाईंको सन्देश के हो ?
धैर्य, निरन्तर अभ्यास। र, सही trainerबाट सिक्नुस्। ध्वनि कम्पन स्वउपचारको अत्यन्त शुद्ध तरिका हो । खुला मन, शुद्ध उद्देश्य रअनुशासनसहित अभ्यास गर्दा गहिरो परिवर्तन सम्भव छ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



