
डाक्टर बन्ने रहर थियो मिराको तर अहिले शिक्षण सर्वोत्कृष्ट पेशा लाग्छ
मिरा पुडासैनी पेशाले शिक्षिका हुन् । उनी नेपालनाम्चामा नियमित लेख्ने पनि गर्छिन् । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा यसपटक अखबारी शिक्षिका तथा लेखिका मिरालाई प्रस्तुत गरिएको छ ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मलाई सामन्य शाकाहारी दाल, भात र तरकारी मनपर्छ । खानेकुरा पकाउने राम्राे कला नभएकाले खाने कुराकाे साैखिन त्यति छैन ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
धेरै राम्रा ठाउँहरू छन् नेपालमा, तर जहाँ गए पनि आफू जन्मेकै थलाेमा मिल्ने चैन जस्ताे कतै नमिल्ने भएर काठमाडौंकै गाेठाटार मनपर्छ ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई प्रभाव पारेका धेरै कितावहरूमध्ये झमक घिमिरेकाे ‘जीवन काडाँ कि फूल’ भन्ने किताब सार्है मन पर्छ, किनकि म प्रायजसाे नारी सङ्घर्षका कथाबाट प्रभावित हुने गर्छु र ती नै मेरा प्रेणाका श्राेत बन्ने गर्छन् । त्यस कितावमा झमककाे सङ्घर्षले आम मानिसका सङ्घर्षहरूलाई फिक्का पारेकाे छ ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई सबभन्दा मनपरेकाे मान्छे मेरी आमा हुन, किनकि उनकै कारणले मेराे यस सुन्दर धर्तीमा अस्तित्व रहेकाे छ ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
मेराे मन परेकाे बानी सहिलाई सहि र गलतलाई गलत भन्नू हाे, त्यहि बानीले मलाई धेरै ठाउँमा समस्या पारेकाे छ ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
नेता विश्वेरप्रसाद काेईरालाबारे धेरै पढेकाे छु, साहित्य र राजनीतिमा वहाँले कायम गर्नु भएकाे उचाई सायद कुनै नेताले राख्न सकेका छैनन् जस्ताे लाग्छ मलाई, त्यसैले वहाँ नै मनपर्छ ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
५ दिनसम्म मनाईने समावेशी तिहार ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मलाई डाक्टर बन्छु भन्ने थियाे, तर विभिद कारणले बन्न सकिन, तर अहिले मलाई शिक्षण पेशा जस्ताे उच्चकाेटिकाे कुनै पेशा हाे जस्तै लाग्दैन ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
मलाई निलाे रङ्ग मनपर्छ । याे शान्तिकाे प्रतीक हाे । प्रकृतिका विभिद रङ्गहरूमा विशेष छ निलाे रङ्ग, पानी, आकाश, अनि पृथ्वी सबैलाई समेटेकाे छ निलाे रङ्गले आफूभित्र ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
म सङ्गीत र साहित्य प्रेमी हुँ । मेरा सुख अनि दुखका साथी हुन गीत सङ्गीत, एउटै गित छान्न सायद मुस्किल छ । अरूणा लामा, याेगेश वैध्य, नारायण गाेपालका सबै गीतहरू मनपर्छन् । तर पनि याेगेश वैध्यकाे ‘सपना भुलाई सारा’ गीतले सधै तानिरहन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



