आफैलाई प्रेम गर्ने आफ्नै बानी झमकलाई सबैभन्दा मन पर्छ

झमक घिमिरे साहित्यकारमात्र होइनन्, प्रेरक व्यक्तित्व पनि हुन् । ‘जीवन काँडा कि फूल’ उनको सर्वाधिक रुचाइएको आफ्नै जीवनकथामा आधारित पुस्तक हो । अनेक काँडाहरुबीच फुलेकी प्रेरणादायी फूल नै हुन् उनी । तपाईंको मिडिया साथी ‘नेपालनाम्चा’ले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा यसपटक अखबारी लेखनमा पनि उत्तिकै सक्रिय घिमिरेलाई प्रस्तुत गरिएको छ ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
फलफूल किनभने सहजैै पच्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
धनकुटा किनभने जहाँ म जन्मे तर कर्मको दृष्टिकोणले विराटनगर र काठमाडौं ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
पारिजातको ‘शिरीषको फूल’ किनभने त्यहाँ सकम्बरीले बाँचेको उमुक्त जीवनको लोभ लाग्छ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
आमा । सन्तानको लागि आमाले भन्दा अरू मान्छेले त्याग गर्न सक्दैनन् ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
मलाई मन पर्ने आफ्नै बानी आफैलाई प्रेम गर्ने । किनभने, जुन विना मान्छेले आफ्नो अस्तित्व बिर्सिन्छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
मलाई मन पर्ने नेताको नेता म भन्दिनँ किनभने म सार्वजनिक व्यक्ति हुँ । कसैलाई राम्रो या नराम्रो भनेर म विवादमा आउन चाहन्नँ ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
तिहारको लक्ष्मी पूजा मन पर्छ किनभने जहाँ श्रमको पूजा गरिन्छ ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
राजनीति । किनभने, जसले आम मान्छेको सेवा गर्न सक्छ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
सबै रङ्ग मन पर्छ किनभने सबै रङ्गको आ–आफ्नै विशेषता हुन्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
मलाई अहिलेसम्म मन परेको नेपाली गीतमा रामकृष्ण ढकाल र लता मंगेस्करले गाएको ‘बाँंचुञ्जेलीलाई’ मन पर्छ किनभने सबै सम्बन्ध र कुरा मान्छेले बाँचुन्जेल जोगाउने हो र जोगाउनु पर्ने हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button