
कुनै बेलाकी युद्ध पत्रकार लक्ष्मीलाई रुकुम पश्चिम् र रातो मनपर्छ
अंग्रेजी साहित्यमा स्नातकोत्तर तथा कानुनमा स्नातक लक्ष्मी पुन नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन् । नेपालनाम्चाले सुरु गरेको स्तम्भ ‘मनपरेका दश’मा यसपटक कुनै बेलाकी युद्ध पत्रकार, प्रेस सेन्टर नेपालकी पूर्व उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघकी पूर्व सचिव समेत रहेकी नेतृ पुनलाई प्रस्तुत गरिएको छ ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
ढिंडो र सिस्नु । मनपर्नुको कारण के हो भने यो अर्ग्यानिक छ ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
निश्चित रुपमा रुकुम पश्चिम् । यो मेरो जिल्ला हो नि । आफ्नो भनेको आफ्नै हुन्छ ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मेक्सिम गोर्कीको ‘आमा’ उपन्यास । यसमा वर्ग चरित्र र क्रान्तिको स्पष्ट दृश्य झल्किन्छ ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
ठ्याक्कै छैन । सबै ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
दुखीलाई सहयोग गर्ने । यो मानवीय गुण हो ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
जनार्दन शर्मा प्रभाकर । उहाँ व्यवहारिक लिडर हुनुहुन्छ ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
भुम्या पर्व । यो पर्व प्रकृतिसँग जोडिएको छ ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
वकालत । यसले न्यायका लागि काम गर्छ ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
रातो । यो क्रान्तिको रंग हो।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
अन्जना गुरुङको ‘आँखैमा राख्छु मेरो देश’ । राजनितिक जीवनको सुरुवातताका केही समय कलाकार हुँदा यसमा नाचेको याद छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



