
योगदान तिम्रो अमर बनुन्, गर्छौं हामी सम्मान
रितु शाक्य
धर्तिको पबित्र भूमिमा माताको ममता र स्नेह छल्कियो
जगत शुद्द बनाइदिने एउटा अमर आत्मा जन्मियो ।
बुद्ध जन्मे, सीता जन्मिन्, जन्मे कति महापुरुष महान
कलियुगमा जन्मे यहाँ सद्गुरु हाम्रा उही समान ।
दुखः पिडा पिर मर्का चिन्ता सब हट्ने तय भो
सद्गुरुका दिब्य प्रकाशले सारा कष्ट हल भो ।
पिता तिमी माता तिमी साथी संगी पनि तिमी
ब्रम्हा, विष्णु, महेश तिमी पूर्ण ब्रम्ह झैँ तिमी ।
तन जल्छ, मन जल्छ जब, शितल जल बनिदिन्छौ
बाटो बिराई भात्किरहनेको मार्गदर्शक तिमी हुन्छौ ।
तिम्रो सानिध्य यति मिठो विश्व जगत भुलाइदिने
माया, मोह, द्वेष क्लेशरुपी बन्धन सारा हटाइ दिने ।
श्रद्धा, भक्ति, विश्वासका साथ मेरो जीवन सुम्पेको छु
मोक्ष्य दिने भगवान मानि तिम्रो बाटो रोजेको छु ।
सद्गुरु तिम्रा चरणकमलमा कोटी कोटी प्रणाम
योगदान तिम्रो अमर बनुन्, गर्छौं हामी सम्मान ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)