काठको बाकस बनी स्वदेश झर्दैछ सपनाहरु

मेरो देशमा !

सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक, हाल: लिमासोल, साईप्रस

के हुदैछ मेरो देशमा ?
दिन-दिन जस्तो
हुर्किदै गरेको आस्थाहरुको अश्मिता
छिल्लेका भरोसाहरुद्वारा
बाटो-कुबाटो अनि कुईँनोटोहरुमा
निर्मम बलात्कार हुदैँछ ।

देउताको आर्को स्वरुप डाक्टरमाथि
कुटपिट र अमानवीयताको बर्बरताको बर्षाद बर्सिदा
न्यायको किरण बाँडफाँड गर्ने
स्वतन्त्र तन्नेरी घामजस्तै
न्यायमुर्तिहरु
लाजमर्दो लाजनितिको दलदलमा फस्दैंछ ।

अज्ञनताको कालो पर्दा चिरेर
ज्ञान-बिज्ञानको मसिहा
शिक्षक-शिक्षिका
आफ्नो हक र अधिकार ग्यारेन्टीको खातिर
सडकलाई साथ बनाएर
आन्दोलन गर्दैछ ।
पाठशाला हरु बन्द गरेर ।

के हुदैँछ मेरो देशमा ?
देशको भबिष्य तन्नेर युवा-युवती
बूढो बा-आमा, सानो नानी र जीवन साथी छोडेर
आफ्नैं पैसामा आफै बेचेर
अज्ञात खुशी किन्न
अरब जित्न
भिजेको परेला टुटेको मन बोकि उड्दैछ
केहिँ सपनाहरू किनेर फर्कैछ ।

केहिँ सपनाहरु
काठको बाकस बनी स्वदेश झर्दैछ ।

गाउँमा सन्नाटा छाएको छ
बृद्ध बा-आमा मात्रै भेटिन्छ
रहरहरु मरेको छ ।

तन्नेरी वैंशहरु फुल्नै नलाएर झर्दैछ
जवानी थारो बसेको छ
मेरो देशमा के के मात्रै हुँदैछ ?
नेता हावाको लागि सास फेर्दैछ
छिमेकी मुलुकको ईसारामा
नदि-नाला बनेर बिक्दैछ
पुलिसको सान लुटिदैछ
हत्याराहरुको इज्जत बड्दैछ ।

सुनको ब्यापार हुन्छ
जनता नुनको लागि तड्पिनु पर्छ
साधरण सिटामोलसम्म नपाएर
जिन्दगीलाई पुर्ण बिराम गर्नु पर्छ ।

के हुँदैछ मेरो देशमा ?
ससुराली देश थियो रामको
हराम हरुको कलुसित कर्मले
स्वर्गजस्तै पावन देवभुमिलाई
नर्ग तुल्य बनेको छ ।

जन्मेको थियो शान्तिको दुत बुद्ध
लोभी र पापीहरुको बनिदियो अखाडा
रातोदिन स्वार्थको लागि
बेहोर्नु परेको छ झगडा ।

मेरो देशको सुन्दर शान्त बिशालतामा
कुन वैरिको कु-दृष्टि परेर हो
हिमाल रोएर पग्लदैंछ
पहाड थिलथिल भएर बग्दैछ
तराई वियोगको भेलमा डुब्दैछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button